मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० कैलाशटोलका १६ वर्षीय वसन्त थापा भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवन । पूर्वीचितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बोलेरोले निपनी चोकमा आज बिहान ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० कैलाशटोलका १६ वर्षीय वसन्त थापा भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ना४च ५००७ नम्बरको बोलेरोले रत्ननगर नगरपालिका–१० निपनी चोकमा दिएको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
थापालाई ठक्कर दिने बाेलेरो र चालक ईलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा छन् । रासस