उद्योगीका अनुसार सरकारले प्रतिबन्ध लगाउनुपूर्व एक लाख रुपैयाँ चन्दा माग्ने विप्लव समूहले अहिले १० लाख रुपैयाँ माग्न थालेका छन् । उनीहरुले बोल्ने भाषामा परिवर्तन आएको छ । यसले उद्योगी/व्यवसायी झन् त्रसित बनेका छन् ।
काठमाडौं । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि उसले माग्ने चन्दाको ‘रेट’ १० गुणा बढाएको छ । सरकारले गत साता विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि विप्लवले उद्योगी÷व्यसायीसँग माग्ने चन्दाको रेट १० गुणा बढाएको उद्योगीहरु बताउँछन् ।
उद्योगीका अनुसार सरकारले प्रतिबन्ध लगाउनुपूर्व एक लाख रुपैयाँ चन्दा माग्ने विप्लव समूहले अहिले १० लाख रुपैयाँ माग्न थालेका छन् । उनीहरुले बोल्ने भाषामा परिवर्तन आएको छ । यसले उद्योगी/व्यवसायी झन् त्रसित बनेका छन् ।
विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि उनीहरुको ‘कन्फिडेन्स’ लेवल झन् बढेर गएको छ । अहिले उनीहरुले फोनमा अत्यन्तै धम्कीपूर्ण भाषा प्रयोग गरेर चन्दा माग्ने गरेको एक उद्योगीले बताए ।
विप्लवका तल्लो तहका कार्यकर्ताले समेत उद्योगीलाई धम्क्याउन थालेका छन् । मागेअनुसार चन्दा दिए ठिकै छ, नभए जे पनि हुन सक्छ भन्दै फोन आउने गरेको नाम नबताउने सर्तमा एक उद्योगीले भने ।
सरकारकै कारण विप्लव समूह उत्तेजित भएको र त्यसको असर उद्योगी÷व्यवसायीमाथि परेको उनीहरुको भनाइ छ । ‘सरकारले प्रतिबन्ध लगाउनुपूर्व यस्तो अराजक रुपमा प्रस्तुत भएका थिएनन्,’ ती उद्योगीले भने, ‘तर, अहिले अत्यन्तै ‘क्रूर’ व्यवहार प्रस्तुत गर्दै आएका छन् ।’
‘अधिकांश उद्योग तराइमा छन् । विप्लव समूहले मागेजति चन्दा नदिउँ, उद्योगमा बम पड्काउँछु भन्छन्, अहिले उद्योगी एकदमै त्रासमा बसेका छन्,’ उनले भने ।
सरकारले विप्लव समूहलाई चन्दा दिनेलाई समेत कारबाही गर्ने भनेको छ । तर, उद्योगको सुरक्षा र आफै सुरक्षित हुन पनि चन्दा नदिई सुख नभएको उनको भनाइ छ ।
सरकारप्रति विश्वास बढेन
सरकारले उद्योग तथा उद्योगीलाई सुरक्षा दिने बताए पनि उद्योगीहरु सरकारप्रति विश्वस्त हुन सकेका छैनन् । ‘दिनमा दर्जनौं पटक विप्लव समूहको फोन आउँछ, उनीहरुसँग कति जोरी खोज्ने ?’ एक उद्योगीले भने ।
सरकारले सुरक्षाको प्रत्याभूति गराउँछु भने पनि अहिलेसम्म कुनै छनक नदेखिएको उद्योगीको भनाइ छ ।
‘गाउँ गाउँमा उद्योग छन्, विप्लव समूहले त्यही उद्योगलाई टार्गेट गरेर हिँडेका छन्,’ अर्का एक उद्योगीले भने, ‘चन्दा नदिए उद्योगमा हमला गर्ने धम्की दिन्छन्, अहिले उद्योगी ‘गर वा मर’को स्थितिमा पुगेका छन् ।’
यससम्बन्धी थप समाचार
विप्लवको ‘थ्रेट’पछि भीआईपी, उद्याेगी र उद्योगमा सुरक्षा बढाइयो
विप्लव समूहले गत असारमै भारतीय लगानीका आयोजनामाथि आक्रमणको निणय गरेको थियो
‘बिप्लवको निसानामा भारतीय लगानीका उद्योगधन्दा’ – सुरक्षा विश्लेषण
सरकारलाई कर नतिरे देशभरका एनसेल टावर ध्वस्त पार्ने बिप्लव समूहको चेतावनी