महतले रत्नपार्क वितरण केन्द्रका तत्कालीन प्रमुख मनोजकुमार सिंहलगाएतका व्यक्तिसँग मिलेर १ करोडभन्दा बढी भ्रष्टाचार गरेको देखिएपछि उनीविरुद्द मुद्धा दायर गरिएको अख्तियार दुरुपायोग अनुसन्धान आयोगले जनाएको छ ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरण, रत्नपार्क वितरण केन्द्रका तत्कालीन लेखापाल उमेशकुमार महतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार महतविरुद्ध विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
महतले रत्नपार्क वितरण केन्द्रका तत्कालीन प्रमुख मनोजकुमार सिंहलगायतका व्याक्तिसँग मिलेर १ करोडभन्दा बढी भ्रष्टाचार गरेको देखिएपछि उनीविरुद्द मुद्धा दायर गरिएको अख्तियार दुरुपायोग अनुसन्धान आयोगले जनाएको छ । रत्नपार्क वितरण केन्द्रपछि ललतिपुरमा रहँदा पनि महतले भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।