विकास निर्माणका लागि टेन्डर खोलेपछि ७/८ महिनासम्म हेर्न नजाने र अन्तिममा अलपत्र परेपछि मात्र हारगुहार गर्ने प्रवृत्ति छ ।
काठमाडौं । महालेखापरीक्षक टंकमणी शर्मा(दंगाल)ले टेन्डरपछि कुनै पनि कार्यालयले फलोअप नगर्दा विकृति बढेको बताएका छन् । पछिल्लो समय धेरै विकास निर्माणका कार्यहरु अलपत्र परेको भन्दै त्यसको दोषी सम्बन्धित कार्यालय नै भएको बताए ।
विकास निर्माणका लागि टेन्डर खोलेपछि ७/८ महिनासम्म हेर्न नजाने र अन्तिममा अलपत्र परेपछि मात्र हारगुहार गर्ने प्रवृत्ति अन्त्य हुनु आवश्यक रहेको उनको भनाइ छ ।
सोमबार अर्थसमितिको बैंठकमा बोल्दै महालेखापरीक्षक शर्माले टेन्डर लगाएपछि सुरुमा पेश्की दिने र पछि फर्केर नहेर्ने प्रवृत्ति अन्त्य गर्न अनुरोध गरेका छन् । केही टेन्डरमा बजेटको आवश्यक तयारी नै पूरा नगरी हतारमा टेन्डर आह्वान गर्ने र बजेट विनियोजनमा ढिलाई गर्ने गरेका कारण धेरै विकास निर्माणहरु अलपत्र परेको उनको ठहर छ ।