जादु गरेर रुपैयाँ छाप्ने भन्दै ठगी गर्ने दुई जना पक्राउ

पक्राउ पर्नेमा म्याग्दीका भीमबहादुर सुवेदी र ओखलढुङ्गाका मानबहादुर मल्ल छन् । प्रहरीले उनीहरुलाई बागबजारको सनराइज होटेलबाट नियन्त्रणमा लिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं । जादु गरेर हजारका नोट छाप्ने भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्याग्दीका भीमबहादुर सुवेदी र ओखलढुङ्गाका मानबहादुर मल्ल छन् । प्रहरीले उनीहरुलाई बागबजारको सनराइज होटेलबाट नियन्त्रणमा लिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले जादु देखाएर हजारको नोटको फोटोकपी गर्ने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरुले एक लाखका नक्कली नोट बनाएबापत ३५ हजारदेखि ७० हजार रुपैयाँसम्म लिने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामाले बताए ।