निर्मलाकी आमा दुर्गादेवी पन्त र प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलीपसिंह विष्टका दाजु खड्कसिंह विष्टले ८ जना प्रहरीविरुद्ध जाहेरी दिएका थिए ।
काठमाडौं । कन्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको अभियोगमा मुद्दा दायर गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । विष्ट मङ्गलबार बिहान कन्चनपुर जिल्ला अदालतमा हाजिर भएका हुन् ।
सोही मुद्दामा अन्य ६ जना प्रहरीलाई अदालतले धरौटीमा रिहा गर्न यसअघि नै आदेश गरेको थियो ।
अदालतले अनुसन्धानमा लापरबाही र प्रमाण नष्ट गरेको आरोपमा इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का र डीएसपी ज्ञानबहादुर सेतीलाई ९ लाख रुपैयाँ, इन्सपेक्टर जगदीशप्रसाद भट्टलाई ४ लाख, सोको सिन–अफ–क्राइम अफिसर सई हरसिंह धामीलाई ३ लाख ५० हजार, स्थायी प्रहरी पोस्ट सालघारीका इन्चार्ज सई रामसिंह धामीलाई ३ लाख, जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो ।
निर्मलाकी आमा दुर्गादेवी पन्त र प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलीपसिंह विष्टका दाजु खड्कसिंह विष्टले ८ जना प्रहरीविरुद्ध जाहेरी दिएका थिए । उनीहरूले प्रहरीले घटनामा लापरबाही गरेको र प्रमाण नष्ट गरेको दाबी गरेका थिए ।