१०३ किलो गाँजासहित एकजना पक्राउ

मकवानपुरको राक्सिराङ गाउँपालिका–५ स्थित बिर्खे खोलाबाट एकजनालाई प्रहरीले प्रतिबन्धित लागुऔसध गाँजासहित पक्राउ गरेको छ । प्रहरीले १०३ किलोग्राम लागुऔषध गाँजासहित राक्सिराङ–९ का २४ वर्षीय पूर्णबहादुर थिङलाई पक्राउ गरेको हो ।

थिङलाई सोमबार राति साढे ११ बजेतिर जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले राक्सिराङबाट मनहरीतर्फ जाँदै गरेको बोलेरो जिप चेकजाँच गर्दा लागु औषधसहित पक्राउ गरेको हो ।

उनको साथबाट ग १ ज ७२१९ नम्बरको बोलेरो गाडीसमेत बरामद गरेको प्रहरीले जनाएको छ । उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।