गरिबी र बेरोजगारी हटाउन ठूलो चुनौति छः मन्त्री अर्याल

सरकारले गरिबी पहिचान गर्ने कार्य गरिरहेको र उनीहरुलाई कसरी धनी बनाउने भन्ने विषयमा निश्चित कार्यक्रम सञ्चालन गरिने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबीको अन्त्य गर्न गरिबी निवारण सम्बन्धी सम्पूर्ण कार्यक्रमहरू एकीकृत रूपमा सञ्चालन गर्नुपर्ने बताएकी छिन् ।

अमेरिका अध्ययन भ्रमणबाट फर्किएका नेपालीहरूले स्थापना गरेको नेपाल युएस अलम्‍नाई नेटवर्क (नुसाल)ले मंगलबार आयोजना गरेको महिला उद्यमशिलता सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले देशको विकासमा बाधकका रुपमा रहेको गरिबी र बेरोजगारी समस्या समाधान गर्न निक्कै चुनौति रहेको बताइन् ।

उनले अहिले सरकारले गरिबी पहिचान गर्ने कार्य गरिरहेको र उनीहरुलाई कसरी धनी बनाउने भन्ने विषयमा निश्चित कार्यक्रम सञ्चालन गरिने पनि बताइन् ।