कलङ्की–कोटेश्वर सडक निर्माण दु्रतगतिमा अघि बढेको र ‘अण्डर पास’ निर्माण पनि त्यही गतिमा भइरहेको छ ।
नेपालमा पहिलोपटक बनेको कलङ्की खसिबजारस्थित ‘अण्डर पास’को निर्माण अन्तिम चरणमा पुगेको छ ।
आगामी छ महिनामा सक्ने गरेर कामअघि बढिरहेको काठमाडौँं चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए । कलङ्की–कोटेश्वर सडक निर्माण दु्रतगतिमा अघि बढेको र ‘अण्डर पास’ निर्माण पनि त्यही गतिमा भइरहेको छ ।
‘जम्मा आठ सय मिटर सडकमा ‘अण्डर पास’ निर्माण भइरहेको हो । माथि मुख्य सडकमा चार लेन र र सो सडक मुनि रहेको अण्डर पास आठ लेन हुनेछ । उनले भने, ‘मुख्य लेन तल र सहायक लेन माथि हुनेछ ।’ सहायक लेनमा जानका लागि दायाँबायाँ गरेर बनाइएका सर्भिस ट्र्याक पनि माथि नै हुने उनी बताउँछन् ।
अरु सामान्य सडक निर्माण भन्दा ‘अण्डर पास’ को निर्माण तुलनात्मक रुपमा महँगो भएको उनको भनाइ छ । कोटेश्वर–कलङ्की सडक निर्माणको जम्मा बजेट पाँच अर्ब रुपैयाँ हो । ‘अण्डर पास’ लाई कलङ्की–थानकोट सडकको जाम हटाउने उपायका रुपमा हेरिएको छ ।
उनी भन्छन्, ‘उपत्यकाभित्रै र बाहिर आउने÷जाने यात्रुले अब घण्टाँैं जाममा फस्नुपर्ने छैन ।’ चिनियाँ निर्माण कम्पनी सङ्घाइ निर्माण सेवा समूहले कोटेश्वर– कलङ्की सडक निर्माणको ठेक्का लिएको छ ।
भूकम्प र नाकाबन्दीका कारण एक वर्ष काम रोकिएपछि आगामी जुलाईसम्म काम सक्ने गरेर सरकारसँग सम्झौता भएको थियो । समयमा नै सक्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ ।
रासस