दिल्लीसँग जोडिएको सहर गाजियाबादको सिहानी गेट थाना क्षेत्रमा दस कक्षामा पढ्ने किशोर घरबाट बेपत्ता भएको छ, र सात दिनदेखि उसको कुनै जानकारी पत्ता लागेको छैन । ती किशोरका बुवाले पब्जी खेलले बच्चाको ब्रेनवास गरेको बताएका छन् ।
एजेन्सी । पब्जीलाई खेलको सट्टा एउटा नशा भन्दा गलत हुँदैन । दिनहुँजसो पब्जीलाई लिएर समाचार र गुनासाहरु आइरहन्छन् । कहिले छोराले पब्जी खेल्नलाई बुवाको अकाउन्टबाट पैसा चोरी गर्यो, त कहिले पैसा नपाएर आत्महत्या गर्यो । कहिले पब्जी खेल्दा पानी भनी एसिड पियो, त कहिले परिवारकै हत्या गर्यो । कहिले पब्जी खेल्दै गरेको बच्चा बेहोस भयो ।
यी यस्तै घटनाले पब्जीको नशाबाट ग्रसित आफना सन्तानलाई सीधा बाटोमा ल्याउन पब्जी खेल नै बन्द गरिनिद आग्रह गर्दै कति बुवा आमाले हेलो सरकारमा उजुरी पनि दिएका छन् ।
भर्खरै छिमेकी मुलुकमा पब्जीलाई लिएर एउटा हैरान हुने घटना घटेको छ । भारतीय सञ्चार माध्यमका अनुसार दस कक्षामा पढ्ने किशोरले पब्जीको लतमा घर छोडेर भागेको छ ।
दिल्लीसँग जोडिएको सहर गाजियाबादको सिहानी गेट थाना क्षेत्रमा दस कक्षामा पढ्ने किशोर घरबाट बेपत्ता भएको छ, र सात दिनदेखि उसको कुनै जानकारी पत्ता लागेको छैन । ती किशोरका बुवाले पब्जी खेलले बच्चाको ब्रेनवास गरेको बताएका छन् ।
बच्चाको बुवाले पुलिसलाई बताएअनुसार ऊ दिनरात पब्जी खेल खेल्ने गर्दथ्यो र खेल्दै गर्दा उसले कसैसँग च्याट पनि गर्ने गर्दथ्यो । बुवाका अनुसार ऊ धेरै महिनादेखि पब्जी खेल खेल्दै थियो र पढाइमा उसको ध्यान थिएन ।
गत ११ मार्चको बेलुकीपख सो बालक घरबाट निस्किएको र अहिलेसम्म नफर्किएको परिवारले बताएका छन् । खोजीको सिलसिामा बस अड्डा, मेट्रो स्टेसनका नजिक उसको स्कुटर पाइएको थियो । यस सम्बन्धमा अहिले प्रहरीले अनुसन्धान गर्दै छ ।
बालकले साथमा आफ्नी आमाको फोन र १५ हजार रुपैयाँ पनि लिएर बेपत्ता भएको छ ।