काठमाडौं : होली खुल्ने क्रममा विवाद भएपछि खुकुरी हानाहान भएको छ। नयाँ बानेश्वरमा विवाद हुदा नेत्र बम भन्ने एक युवकले खुकरी प्रहार गरेका छन्।
खुकुरी लागि सौगात केसी र छत्र भण्डारी घाइते भएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गोविन्द काफ्लेले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।