जनताको जलविद्युत्: त्रिशूली ३ ‘बी’को पहिलो सेयर आवेदन प्रधानमन्त्रीले भरे

‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको पहिलो सेयर प्रधानमन्त्री केपी शर्मा ओलीले भरेका छन् ।

काठमाडौं । ‘नेपालको पानी, जनताको लगानी, हरेक घरधुरी विद्युत् सेयरधनी’ कार्यक्रम विहीबारबाट कार्यान्वयन भएको छ । ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको पहिलो सेयर प्रधानमन्त्री केपी शर्मा ओलीले भरेका छन् ।

प्रधानमन्त्री ओलीकै निवासमा उक्त जलविद्युत् आयोजनामा १० हजार कित्ता सेयर भरेका हुन् । त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले पनि १००० कित्ता सेयर भरेका छन् ।

सेयर भरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पानीमा नेपाली जनताले गरेको लगानी देशको आर्थिक विकास र समृद्धिमा कोशेढुंगा सावित हुने बताए ।सरकारले १९ ओटा जलविद्युत् अयाोजनामा जनताकै लगानी रहने गरी छनौट गरेको थियो । जनताको लगानी रहेको आयोजनामा ५१ प्रतिशत सरकारी स्वामित्वका कम्पनीहरुको र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहने छ ।