उनले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो उम्मेद्वारीको घोषणा गरेकी हुन् । फेसबुक स्टाटसमार्फत् सहयोगको अपिलसमेत गरेकी छिन् ।
काठमाडौं । चैत्र २३ गते हुने नेपाल चलचित्र कलाकार सङ्घको निर्वाचनमा वरिष्ठ कलाकार सरिता लामिछानेले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेकी छिन् ।
उनले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो उम्मेद्वारीको घोषणा गरेकी हुन् । फेसबुक स्टाटसमार्फत् सहयोगको अपिलसमेत गरेकी छिन् ।
यसअघि नेपाल चलचित्र कलाकार सङ्घको महासचिवको जिम्मेवारी सफलतापूर्वक सम्हाली सकेकी लामिछाने २०५५ सालदेखि निरन्तर कलाकारिता क्षेत्रमा आबद्ध छिन् ।
चर्चित टेलिशृङ्खला ‘मुक्ति’बाट अभिनय सुरु गरेकी लामिछानेले ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’लगायत थुप्रै टेलिशृङ्खलामा अभिनय गरिसकेकी छिन् ।
पछिलो समय टेलिशृङ्खला ‘दृष्टि’मा अभिनय गरिरहेकी लामिछानेले ‘सन्तानको माया’, ‘श्रीमान–श्रीमती’, ‘हवल्दार सुन्तली’, ‘फिंगरप्रिन्ट’ र ‘सीता’ नामका फिल्ममा समेत अभिनय गरेकी छिन् ।