वैदेशिक लगानीका लागि प्राथमिकताका ६ क्षेत्र

चैत्र १५ र १६ गते हुने लगानी सम्मेलनमा सरकारले यी ६ वटा क्षेत्रमा केन्द्रित भएर छलफल र निष्कर्षहरुका साथै लगानीका लागि प्रतिबद्धता समेत खोज्ने छ । लगानी बोर्डले ६ वटा क्षेत्र केन्द्रित भएर गर्ने समूह छलफल गर्न सूची सार्वजनिक गरेबाट पनि सरकारको प्राथमिकता कुन क्षेत्र हो भन्ने झल्काउछ ।

काठमाडौं । सरकारले वैदेशिक लगानी भित्राउन मुख्य ६ वटा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । ऊर्जा, संचार तथा प्रविधि, पर्यटन, उद्योग , भौतिक पूर्वधार र कृषि तथा बन जस्ता ६ वटा क्षेत्रलाई उच्च प्राथमितामा राखेको हो ।

चैत्र १५ र १६ गते हुने लगानी सम्मेलनमा सरकारले यी ६ वटा क्षेत्रमा केन्द्रित भएर छलफल र निष्कर्षहरुका साथै लगानीका लागि प्रतिबद्धता समेत खोज्ने छ । लगानी बोर्डले ६ वटा क्षेत्र केन्द्रित भएर गर्ने समूह छलफल गर्न सूची सार्वजनिक गरेबाट पनि सरकारको प्राथमिकता कुन क्षेत्र हो भन्ने झल्काउछ ।

समूह छलफलका लागि ऊर्जा क्षेत्रको लगानीको विषयमा ऊर्जा मन्त्री बर्षमान पुन‘अनन्त’, ऊर्जा मन्त्रालयका बरिष्ठ इन्जीनियर सागरराज गौतम, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विद्युत नियमन आयोगका सचिव सनोजकुमार झा, पावर चाइनका महाप्रवन्धक सोङ डोनशेङ र उर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान रहेका छन् ।

त्यस्तै सूचना तथा सञ्चार प्रविधितर्फ संञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्र, अमेजन इन्टरनेट सर्भिस भारतका विभागीय प्रमुख चन्द्र बलानी, इन्सेसान्ट रेन स्टुडियोका प्रमुख कार्यकारी अधिकृत किरणभक्त जोशी, सुमितोमोका महाप्रवन्धक मासाहिरो मियासिता, माइक्रोसफ्ट एसिया प्यासिफिकका प्रवन्ध निर्देशक सोनिया बशीर कबिर र सफल पार्टनरका प्रवन्ध निर्देशक आशुतोष तिवारी रहेका छन् ।

पर्यटनतर्फ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) दीपकराज जोशी, मकाउ विश्वविद्यालयका सहप्राध्यापक ग्लेन म्याक्कार्थी, सिल्भर हेरिटेज ग्रुपका सीईओ माइक बोलसोभर, कतार एयरवजका कन्ट्री डाइरेक्टर मोहम्मद एल इमाम र द्धारिकाज ग्रुपका प्रवन्ध निर्देशक सङ्गीता श्रेष्ठ छन् ।

उद्योगमा तर्फ उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादव, उद्योग सचिव यमकुमारी खतिवडा, सुर्य नेपालका प्रवन्ध निर्देशक अभिमन्यु पोद्दार, गोल्छा ग्रुपका कार्यकारी निर्देशक शेखर गोल्छा, ह्वासिन सिमेन्टका उपाध्यक्ष शु गाङ र पञ्चकन्या ग्रुपका प्रवन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ छन् ।

भौतिक पूर्वधार तर्फ भौतिक, पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठ, भौतिक पूर्वधार सहसचिव गोपालप्रसाद सिग्देल, इन्फ्रास्ट्रक्चर ÷ इनर्जीका निर्देशक एन्ड्रिस क्रिमर , विश्व बैंकका लिड ट्रान्सपोर्ट विशेषज्ञ अर्णव बन्दोपाध्याय, कोडाका महासचिव एचई झेनवेई, शराफ ग्रुपका महासचिव सालाह शरफ, चाइन रेलवे इन्टरनेशनल ग्रुपका उपमहाप्रवन्धक वाङ लिजी र साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित छन् ।

बन तथा कृषि तर्फ कृषि तथा पशुपन्क्षी मन्त्री चक्रपाणि खनाल बलदेव, कृषिका सहसचिव योगेन्द्रकुमार कार्की, सार्क डाबर इण्डियाका विजनेश हेड हरकिरत सिंह बेदी, हेस्टर वायोसाइन्सका प्रमुख कार्यकारी अधिकृत राजीव गान्धी, नेस्टल इन्डियाका बरिष्ट उपाध्यक्ष सञ्जय खजुरिया, चाइन हर्वल मेडिसिन महासचिव वान बाइग्याङ र गोल्यान ग्रुपका पवनकुमार गोल्यान छन् ।