दर्जन उद्योगी/व्यवसायी प्रमुख वक्ताका रुपमा छनोट

नेपाल लगानी बोर्डले निजी क्षेत्रमा कहलिएका एक दर्जन व्यवसायी छानेको हो । बोर्डले उद्योग, पर्यटन, कृषि, स्वास्थ्यमा नाम कमाएका एक दर्जन व्यवसायीलाई छानेको हो ।

काठमाडौं । सरकारले यही चैत १५ र १६ गते गर्न लागेको लगानी सम्मेलन २०१९ मा एक दर्जन व्यवसायी प्रमुख वक्ताका रुपमा छानिएकाे छ ।

नेपाल लगानी बोर्डले निजी क्षेत्रमा कहलिएका एक दर्जन व्यवसायी छानेको हो । बोर्डले उद्योग, पर्यटन, कृषि, स्वास्थ्यमा नाम कमाएका एक दर्जन व्यवसायीलाई छानेको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, गैर आवसीय नेपाली सङ्घ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महताे एनआरएन अध्यक्ष भबन भट्ट, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक शेखर गोल्छा, पञ्चकन्या ग्रुपका प्रवन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ, गोल्यान ग्रुपका अध्यक्ष पवनकुमार गोल्यान, पूर्वाधार विकास बैङ्कका अध्यक्ष अनुज अग्रवाल, ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योति, द्वाारिकाज ग्रुपकी प्रवन्ध निर्देशक सङ्गीता श्रेष्ठ, हाइड्रो सोलुसनका प्रवन्ध निर्देशक ज्ञानेन्द्रलाल प्रधान, र वैद्य अर्गनाइजेसनका अध्यक्ष सुरज वैद्यलगायतका उद्योगी प्रमुख वक्ताका रुपमा सहभागी छन् ।