बैदेशिक रोजगारको लेनदेनको कागजातमा साक्षी बसेका एक सेवाग्राहीलाई विभिन्न बाहनामा धम्क्याई घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले नायव सुब्बा फुयाँललाई पक्राउ गरेको हो ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैदेशिक रोजगार विभाग, काठमाडौंका नायव सुब्बा रामकुमार फुयाँललाई ६० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । बैदेशिक रोजगारको लेनदेनको कागजातमा साक्षी बसेका एक सेवाग्राहीलाई विभिन्न बाहनामा धम्क्याई घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले नायव सुब्बा फुयाँललाई पक्राउ गरेको हो ।
फुयाँलले आफूले लिएको घुस रकम जोरपाटी चोकस्थित फलफूल व्यवसायी ध्रुव खड्कालाई राख्न दिएको र केही समयपछि सोही रकम फुयाँलले लिनेक्रममा फुयाँलसहित फलफूल पसले खड्कालाई पनि पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । बिहीबार साँझ पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।