सर्लाहीमा श्रीमानद्वारा श्रीमतीको हत्या

श्रीमती हत्याको अभियोगमा प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका ५ मा बस्दै आएका उदयपुर सुरुङ्गा नगरपालिका गाईघाटका ३० वर्षीय रामजी विश्वकर्मालाई बिहीबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

काठमाडौं । श्रीमतीको हत्या अभियोगमा सर्लाहीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

श्रीमती हत्याको अभियोगमा प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका ५ मा बस्दै आएका उदयपुर सुरुङ्गा नगरपालिका गाईघाटका ३० वर्षीय रामजी विश्वकर्मालाई बिहीबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सलार्हीका अनुसार विश्वकर्माले श्रीमती ३४ वर्षीया सुनिता विश्वकर्मालाई खुकुरी प्रहार हत्या गरेका थिए ।

श्रीमती हत्याको अघियोगमा पक्राउ परेका विश्वकर्मालाई प्रहरीले हिरासतमा राखी आवश्यक कारबाही थालेको प्रहरीले जनाएको छ ।