ठेकेदार कम्पनीको चेपुवामा माथिल्लो तामाकोशी

सिनो हाइड्रोले आयोजनाको माथिल्लो पेनस्टक साफ्टको ३ सय १० र तल्लो पेनस्टक साफ्टको ३ सय ७३ मिटर ठाडो सुरुङमा ‘ईङ्का ड्रेन’ प्रविधिबाट चुहिएको पानी बन्द गर्नु पर्ने हुन्छ । सिनो हाइड्रोले चुहिएको पानी बन्द नगरी लट–२ को हाइड्रोमेकानिकल ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङले ठाडो सुरुङको पाइप जडान गर्न सक्ने अवस्था नरहेको गुहाको भनाइ छ ।

ठेकेदार कम्पनीहरुको आपसी द्वन्द्वकै राष्ट्रिय माथिल्लो तामाकोशीको लागत र समय दुवै बढ्ने भएको छ । सिभिल संरचनाको काम गर्ने सिनो हाइड्रो तथा हाइड्रोमेकानिकल ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङको द्वन्द्व बढेपछि आयोजना निर्माण प्रभावित भएको हो ।
आयोजनाको ९४ प्रतिशतभन्दा बढी काम सकिएता पनि सिनो हाइड्रो तथा टेक्सम्याकोबीचमा कामको तालमेल नमिल्दा समग्र आयोजना नैं प्रभावित बनेको बनेको हो ।

हाइड्रो मेकानिकलको जिम्मेवारी लिएको टेक्सम्याकोले समयमा पाइप ढुवानी नगरेकै आलोचना खेपेको कम्पनीले जडानका लागि ल्याइएको पाइपहरु समेत जडान गर्न नसकेको तथा लट–२ को हाइड्रोमेकानिकल ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङका साइट इन्चार्ज मिहिर कुमार गुहाले बताएका छन् । गुहाको अनुसार साइटमा पुगेको करिब ४० ओटा पेनस्टक पाइप चाहेर पनि जडान गर्न सकिने अवस्था छैन ।

सिनो हाइड्रोले आयोजनाको माथिल्लो पेनस्टक साफ्टको ३ सय १० र तल्लो पेनस्टक साफ्टको ३ सय ७३ मिटर ठाडो सुरुङमा ‘ईङ्का ड्रेन’ प्रविधिबाट चुहिएको पानी बन्द गर्नु पर्ने हुन्छ । सिनो हाइड्रोले चुहिएको पानी बन्द नगरी लट–२ को हाइड्रोमेकानिकल ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङले ठाडो सुरुङको पाइप जडान गर्न सक्ने अवस्था नरहेको गुहाको भनाइ रहेको छ ।

‘ईङ्का ड्रेन’ प्रविधिबाट चुहिएको पानी बन्द नगरिए पाइप जोड्न वेल्डिङ गर्न मिल्दैन’ गुहा भन्छन् ‘ईङ्का ड्रेन’ को काम सिनो हाइड्रोको ठेक्का भित्र पर्दछ । सिनो हाइड्रो सम्बद्ध नेपाली प्राविधिक नाम नवताउने सर्तमा भने स्थलगत रुपमा हेरेपछि मात्र कस्को कमजोरी हो थाह हुने बताउँछन् ।

यस्तै आयोजनाका प्रबक्ता डाक्टर गणेश न्यौपाने पाइप जडानका लागि टेक्सम्याकोले क्रेन फिट गर्ने काम समेत गर्न नसकेको बताउँछन् ।
“क्रेन फिट गरेपछि मात्र ‘ईङ्का ड्रेन’ प्रविधिको काम हुने हो ” न्यौपाने भन्छन् । ‘ईङ्का ड्रेन’ को लागि सिनो हाइड्रोलाई आयोजनाबाट निर्देशन भइ सकेको उनी बताउँछन् । ‘ईङ्का ड्रेन’ प्रविधि प्रयोग गर्न आवश्यक दक्ष प्राविधिक चाइनावाट नैं झिकाउनु पर्ने भएकोले तत्काल दक्ष प्राविधिक झिकाउन निर्देशन दिइसकेको उनको भनाई रहेको छ ।

यस्तै पाइप ढुवानी मा टेक्सम्याकोबाट भइरहेको ढिलाईबारे प्रश्न गर्दा आयोजनाले छिटो पाइप ढुवानी गर्न ताकेता गरिरहेको न्यौपानेले बताए । थप ६ वटा ट्रेलर थपेर ढुवानी गर्न लट नं. २ को ठेकेदार टेक्सम्याकोले प्रतिवद्धता ब्यक्त गरिसकेकोले अब पाइप ढुवानी छिटोहुने न्यौपानेको भनाइ रहेको छ । हाल सम्म ३ वटा ट्रेलर बाट ढुवानी भइरहेकोे छ । अब ६ वटा थप गरी ९ वटा ट्रेलरबाट ढुवानी गरिए चारपाँच महिनामा ढुवानीको काम सकिने प्रबक्ताको भनाई रहेको छ । लट २ को ठेकेदार कम्पनीकैकारण काममा ढिलाई भइरहेको उनको भनाई रहेको छ ।