एसोसिएसनले अहिले उसका केही सदस्य प्रतिष्ठानहरुको अनुसन्धान हुँदै गर्दा २०३२ सालमा बनेको कालोबजार तथा केही सामाजिक अपराध ऐनको हवाला दिँदै मुलुकी ऐनको ठगीको महलको कसुरमा सजाय गर्नका लागि प्रहरीलाई लेखी पठाएको सम्बन्धमा गम्भीर ध्यनाकर्षण भएको जनाएको छ ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले एक प्रेस विज्ञप्तिमार्फत अहिले आइरहेका आफू सम्बद्ध समाचारप्रति आपत्ति जनाएको छ । विज्ञप्तिमा एसोसिएसनले अहिले उसका केही सदस्य प्रतिष्ठानहरुको अनुसन्धान हुँदै गर्दा २०३२ सालमा बनेको कालोबजार तथा केही सामाजिक अपराध ऐनको हवाला दिँदै मुलुकी ऐनको ठगीको महलको कसुरमा सजाय गर्नका लागि प्रहरीलाई लेखी पठाएको सम्बन्धमा गम्भीर ध्यनाकर्षण भएको जनाएको छ ।
एसोसिएसनले आफ्नो कामको लागत हेर्ने निकाय ठूला करदाता तथा आन्तिरिक राजश्व कार्यालयमा पेस गरेका आय विवरणबमोजिम एसोसिएसनका कुनै पनि सदस्यले मुनाफाकै कारण कालोबजारी र ठगी नगरेको कुरामा विश्वस्त हुन सरोकारवाला सबैमा आग्रह गरेको छ । साथै यस विषयमा टुङ्गो नलागेसम्म स्वतन्त्ररुपमा व्यापार व्यवसाय गर्न पाउने सम्वैधानिक हक हनन् हुनेगरी समाचार सम्प्रेषण नगर्न अनुरोध गरिएको छ ।