क्रेडिट कार्डबाट बिटक्वाइन कारोबार प्रतिबन्ध लगाउँदै तीन ठूला अमेरिकी बैङ्क

डिजिटल मुद्राका सबैभन्दा प्रमुख आलोचकमध्ये एक जेपी मोर्गनका मुख्य कार्यकारी जेमी डाइमोनले बिटक्वाइनलाई ‘धोखेबाज’को रूपमा नराम्ररी वर्णन गरेका छन् ।

जेपी मोर्गन, बैङ्क अफ अमेरिका र सिटी ग्रुपले आफ्ना क्रेडिट कार्डबाट बिटक्वाइन खरिदबिक्री प्रतिबन्ध लगाउँदै छन् ।

क्रिप्टोकरेन्सीको महँगो मूल्यको अस्थिरताका कारण क्रेडिट कार्डबाट बिटक्वाइन किन्नु अन्य कारोबारको तुलनामा बढी जोखिमपूर्ण छ । क्रिप्टोकरेन्सीको महँगो मूल्यको अस्थिरताका कारण क्रेडिट कार्डको उपयोग गरेर बिटक्वाइन किन्न आफ्ना ग्राहकलाई रोक लगाउन अमेरिकी बैङ्कहरुले रकमको जोहो गर्दै छन् ।

सीएनबीसीका अनुसार जेपी मोर्गन चेस र बैङ्क अफ अमेरिका दुवैले शनिबार यसो गर्न प्रतिबन्ध लगाइने भनेका छन् । यसो गर्दा गत वर्ष बिटक्वाइन निकै माथि उक्लेर ह्वात्तै तल झर्दा हुन गएको जस्तो ठूलो नोक्सानीको चुनौती हुने छैन । ब्लुमबर्गका अनुसार सिटी ग्रुप पनि यस्तो प्रतिबन्ध लगाउनेमा सामेल भएको छ ।

क्रिप्टोकरेन्सी एक्सचेन्जसँग लेनदेनको अनुमति दिने क्रेडिट कार्ड प्रदायकहरुले सम्पत्तिको अति अस्थिरताका कारण कस्टमरलाई सामान्यभन्दा बढी जोखिममा छोडिदिन सक्छन् ।

अनचेनएफएक्स वेबसाइटका अनुसार गत वर्ष बिटक्वाइन सात सय प्रतिशतभन्दा बढी उछालिएको थियो । तर गत महिनामा अमेरिकी डलरको तुलनामा ४० प्रतिशतले घट्दा धेरै अर्थविद्हरुले यसलाई पानीको फोका भनेका छन् ।

प्रमुख क्रिप्टोकरेन्सीहरुमा डलरको मूल्यमा व्यापक गिरावटका बीच डिसेम्बरमा करिब २० हजार डलर पुगेको बिटक्वाइनको मूल्य नोभेम्बरपछि शनिबार पहिलो पटक आठ हजार डलरभन्दा तल पुग्यो ।

डिजिटल मुद्राका सबैभन्दा प्रमुख आलोचकमध्ये एक जेपी मोर्गनका मुख्य कार्यकारी जेमी डाइमोनले बिटक्वाइनलाई ‘धोखेबाज’को रूपमा नराम्ररी वर्णन गरेका छन् ।

वित्तीय सङ्कटको भविष्यवाणी गर्न ख्याति कमाएका न्यू योर्क विश्वविद्यालयका अर्थशास्त्री नौरिएल रौबिनीले हिजो ब्लुमबर्ग टेलिभिजनसँगको साक्षात्कार कार्यक्रममा बिटक्वाइन ‘सबै पानीका फोकाहरुकी आमा’ हो भन्दै विश्वका नियामकहरुले यसलाई परिमार्जन गर्नुपर्ने बताएका थिए ।
                                                                                                                                                               साभार : बिजनेस इनसाइडर