सीएमसीले मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर गरी करोडौं रुपैयाँ भुत्तानी गर्न बाँकी भएपछि असुलका लागि ताकेता थालिएको कार्यलयका कर अधिकृत धनिराम शर्माले बताए । उनले कर निर्धारण गरेर भुक्तानीका लागि सीएमसीलाई पत्र पठाएको जानकारी दिए । उनले निर्धारण गरेको कर रकम भने खुलाएनन् ।
काठमाडौं । इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिष्ट्रि (सीएमएसी) ले करोडौ रुपैयाँ कर तिर्न बाँकी भएपछि ठुला करदाता कार्यलयले ताकेता गरेको छ ।
सीएमसीले मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर गरी करोडौं रुपैयाँ भुक्तानी गर्न बाँकी भएपछि असुलका लागि ताकेता थालिएको कार्यलयका कर अधिकृत धनिराम शर्माले बताए । उनले कर निर्धारण गरेर भुक्तानीका लागि सीएमसीलाई पत्र पठाएको जानकारी दिए । उनले निर्धारण गरेको कर रकम भने खुलाएनन् ।
सीएमसीले मेलम्ची खानेपानी आयोजनाको काम गर्दाको कर तिर्न बाँकी रहेको हो । कार्यलयले १५ दिनभित्र करको विषयमा आफनो जिकिर पेश गर्न भनेको उनले बताए । सो समयभित्र नआएमा कानुनबमोजिम कार्यालयले निर्धारण गरे अनुसार कर तिर्नुपर्ने भएको छ । मेलम्ची र तनहुँको ठेक्का तोडिएपछि सीएमसीले ४ अर्ब ५२ करोड रुपैयाँ गुमाएको छ ।
मेलम्ची खानेपानी आयोजनाले ठेक्का तोडेर २ अर्ब ५६ करोड रुपैयाँ जमानत जफत गरेको छ । यस्तै १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनको पहिलो लटको काम सुरु नगरेपछि प्रवर्धक तनहुँ हाइड्रो लिमिटेडले पनि यसको १ अर्ब ९७ करोड रुपैयाँ जमानत जफत गरेको छ । तनहुँले ठेक्का रद्ध भएको सुचना जारी गरी ८७ लाख ४९ हजार युरो र ८५ करोड १४ लाख रुपैयाँ जफत गरेको हो । इन्भेष्टमेन्ट बैंकले सो रकम तनहुँलाई भुत्तानी गरिसकेको छ ।
मेलम्चीको जमानत रकम स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले भुक्तानी गरिसकेका छन् । तनहुँ जलविद्युतकोे नदी फर्काउने र बाँध निर्माण लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो ।
तनहुँ हाइड्रोपावरले फागुन २२ गते ठेक्का सम्झौता रद्द गरिएको जानकारी सिएमएसीलाई गराएको छ । तनहुँ हाइड्रोपावर र सीएमसीबीच गत असोज १५ गते २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँमा खरिद सम्झौता भएको थियो । मेलम्चीमा भ्याट बाहेक ७ अर्ब ७२ करोड ३४ लाख ७१ हजारमा ठेक्का सम्झौता भएको थियो ।