नेप्सेमा धर्ना दिने ११ सेयर लगानीकर्ता पक्राउ

नेप्से कार्यालयमा धर्ना दिन आइतबार बिहानै गएका नौ जना पुरुष र दुई जना महिला गरी ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए ।

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको कार्यालयमा धर्ना बसेका ११ जना सेयर लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

नेप्से कार्यालयमा धर्ना दिन आइतबार बिहानै गएका नौ जना पुरुष र दुई जना महिला गरी ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।