भलिबल खेल्ने क्रममा एक युवकको हत्या

भलिबल खेल्ने क्रममा विदाद हुँदा सोही ठाँउका १८ वर्षीय जीवन बोहरा र रनु बोहराको कुटाइबाट विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

काठमाडौं । भलिबल खेल्ने क्रममा भएको विवादपछि कुटपिट हुँदा बझाङमा एक युवकको मृत्यु भएको छ ।

बझाङको सुर्मा गाउँपालिका ५ स्थित सौनगाउँका १४ वर्षीय आनन्द विकको कुटपिटबाट मृत्यु भएको हो ।

भलिबल खेल्ने क्रममा विदाद हुँदा सोही ठाँउका १८ वर्षीय जीवन बोहरा र रनु बोहराको कुटाइबाट विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

आइतबार साँझ कुटाइबाट घाइते भएका विकको उपचारकै क्रममा कोहलपुर ल्याउँदै गरेका बेला सोमबार मृत्यु भएको थियो ।

प्रहरीले घटनामा संलग्न दुवैलाई पक्राउ गरी आवश्यक कारबाही थालिएको जनाएको छ ।