ठमेल र टोखाबाट १९ जुवाडे पक्राउ

सोमबार ठमेलस्थित सगरमाथा ट्रेकिङ पसलमा जुवा खेल्दै गरेका पसल सञ्चालक हस्तबहादुर परियारसहित ५ जनालाई ४५ हजार ५० रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं । प्रहरीले काठमाडौंको ठमेल र टोखाबाट १९ जुवाडेलाई पक्राउ गरको छ ।

सोमबार ठमेलस्थित सगरमाथा ट्रेकिङ पसलमा जुवा खेल्दै गरेका पसल सञ्चालक हस्तबहादुर परियारसहित ५ जनालाई ४५ हजार ५० रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रहरीले काठमाडौंको टोखा नगरपालिका ६ भरतपाटीबाट पनि १४ जुवाडेलाई पक्राउ गरेको छ ।

भरतपाटीस्थित एक निर्माणाधीन घरमा सञ्चालित जुवा खालबाट स्थानीय रामदेव रिमालसहित १४ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त जुवाखालबाट ४ लाख ३५ हजार रुपैयाँसमेत बरामद गरेको जनाएको छ ।
उपत्यकामा सञ्चालित जुवाखालमा प्रहरीले उच्च निगरानी राखेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए ।

‘धेरैतिर जुवाखाल छन् भन्ने हामीलाई सूचना छ, प्रहरीले ती स्थानमा निगरानी बढाएको छ,’ प्रवक्ता बोगटीले भने ।