होटलसहितको अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र बनाइने

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउनका लागि प्रक्रिया थाल्न निर्देशन दिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले बताए ।

काठमाडौं । सरकारले होटलसहितको अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र बनाउने भएको छ । हाल रहेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्र सङ्घीय संसद भएका कारण सरकारले अर्को अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र बनाउने तयारी गर्ने लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउनका लागि प्रक्रिया थाल्न निर्देशन दिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले बताए ।

उनले अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र अति आवश्यक भएको बताउँदै प्रधानमन्त्री ओलीले यसको काम अघि बढाउन भनेको सुनाए । शुक्रबार राजधानीमा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीका विषयमा मङ्गलबार बसेको बोर्ड बैठकमा तत्कालका लागि अन्तर्राष्ट्रियस्तरको होटलसहितको सम्मेलन केन्द्र बनाउने विषयमा छलफल भएको उनले जानकारी दिए ।

सम्मेलनमा सरकार र निजी क्षेत्रले गरी ६७ ओटा परियोजना प्रस्तुत गरिने अधिकारीले जानकारी दिए । जसअनुसार सरकारबाट जलविद्युत्, कृषि, पर्यटनलगायत ५० ओटा र निजी क्षेत्रबाट २७ परियोजना प्रस्तुतिमा राखिने भएको हो ।