देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा, बुधबारदेखि सुधार हुने

पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट आजदेखि शुरु भएको वर्षा बिहानदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको जल तथा मौसम पूर्वनुमान महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन ।

काठमाडौ । पश्चिमी वायुसँग स्थानीय वायु मिसिँदा मंगलबार काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा भएको छ ।

पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट आजदेखि शुरु भएको वर्षा बिहानदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको जल तथा मौसम पूर्वनुमान महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन । उनका अनुसार यो क्रम आज रातिसम्म कायम रहनेछ । बुधबारदेखि मौसम खुला हुने बताइएको छ ।

बुधबार पूर्वी पहाडी भेगमा मौसम केही प्रभावित हुने र अन्य भूभागमा सामान्यतया सफा हुने जनाइएको छ । बुधबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकामा १४ मिलिमिटर वर्षा मापन गरिएको छ । त्यस्तै पोखरामा १३.९ मिलिमिटर, नेपालगञ्जमा १७.७ मिलिमिटर र विराटनगरमा १६.६ मिलिमिटर वर्षा भएको छ । रासस