त्यति बेला चालक पक्राउ परे पनि उनी फरार भएका थिए । फरार लोप्चनलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मंगलबार हेटौंडाबाट पक्राउ गरेको हो ।
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालीका झ्याप्लेखोलाबाट २०७५ बैसाख १ गते प्रहरीले बरामद गरेको १ सय ६० किलो गाँजाका मालिक बेलबहादुर लोप्चन पक्राउ परेका छन् ।
त्यति बेला चालक पक्राउ परे पनि उनी फरार भएका थिए । फरार लोप्चनलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मंगलबार हेटौंडाबाट पक्राउ गरेको हो ।
लोप्चनलाई आवश्यक कारबाही थालेको ब्युरोले जनाएको छ । प्रहरीले काठमाडौंमा पेट्रोल झारेर फर्कंदै गरेको ट्याङ्करबाट उक्त गाँजा बरामद गरेको थियो ।