विदेशी लगानीका परियोजनाको निर्णय २ महिनाभित्र

आउदो मे भित्र सबै परियोजनाको निर्णय भइसक्ने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले बताए । उनले एकद्धार प्रणालीबाट लगानीकर्तालाई सहजीकरण गरिने उनले बताए ।

काठमाडौं । सरकारले लगानी सम्मेलनमा सम्झौता हुने सबै परियोजनाको निर्णय २ महिनाभित्र गर्ने भएको छ । सम्मेलनमा एक दर्जन बढी परियोजनामा विदेशीसंग लगानी समझदारी हुन लागेका बेला सरकारले २ महिनाभित्र आफुले गर्ने सबै काम सक्ने जानकारी गराएको हो ।

आउदो मे भित्र सबै परियोजनाको निर्णय भइसक्ने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले बताए । उनले एकद्धार प्रणालीबाट लगानीकर्तालाई सहजीकरण गरिने उनले बताए ।

उनले अब निर्णमा ढिलाइन नहुने उनले स्पष्टपारे । सरकारले समयमा निर्णय नगर्दा लगानीकर्ताले झण्झट व्योहर्नुपरेको छ । सबै प्रक्रिया पुरा भएपछि ७ दिनभित्र निर्णय गरिसक्नु पर्ने कानूनी व्यवस्था छ ।

सम्मेलनको तयारीका बारे जानकारी गराउने लगानी बोर्डले बुधबार गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुको रेटिङ गर्न लागेको जानकारी दिए ।

उनले मुलुकको सार्वभौम रेटिङ नहुँदा विदेशी लगानीकर्ताको विश्वास नहुने र लगानीकर्तालाई विदेशी बैंकले सहज रुपमा ऋण नपत्याउने अवस्था आउने भन्दै उनले सार्वभौम रेटिङ आवश्यक भएको औल्याए ।

रेटिङ गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए । देशको रेटिङ नहुँदा ब्याजमा लाइवर शुल्क जोडिने भएपछि कर्जा महंगो हुन गई लगानी ल्याउने अवस्था नहुने उनको भनाई छ ।