भृकुटीमण्डप जग्गा प्रकरणः पूर्वमन्त्री धरौटीमा छुटे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महिला, बालबालिका तथा समाजकल्याण मन्त्रीसहित १४ जनाविरुद्ध तीन अर्ब ८३ करोड ६८ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै २०७५ माघ २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

काठमाडौं । भृकुटीमण्डपको जग्गा ठेक्कामा भ्रष्टाचारमा मुछिएका पूर्वमन्त्री बद्रिप्रसाद न्यौपाने पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पाँच लाख रुपैयाँ धरौटी बुझाएर न्यौपाने रिहा भएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महिला, बालबालिका तथा समाजकल्याण मन्त्रीसहित १४ जनाविरुद्ध तीन अर्ब ८३ करोड ६८ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै २०७५ माघ २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

बुधबार विषेश अदालतमा हाजिर भएका न्यौपानेलाई थुनछेक बहसपछि धरौटीमा रिहा गरिएको हो ।

विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी, र प्रमोदकुमार श्रेष्ठको इजालसले न्यौपानेलाई धरौटीमा छोड्न आदेश गरेको हो ।