गाँजाको धुलोका पोका शरीरका विभिन्न भागमा लुकाएर भारत निकासी गर्दै गरेका बेला बुधबार पर्सा प्रहरीले पर्साको छप्कैयामा बस्दै आएकी ३८ वर्षीया अन्जुदेवी कर्ण र उनकी छोरीलाई पक्राउ गरेको हो ।
काठमाडौं । शरीरका विभिन्न भागमा गाँजा र्याप गरी भारत निकासी गर्ने आमा छोरीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
गाँजाको धुलोका पोका शरीरका विभिन्न भागमा लुकाएर भारत निकासी गर्दै गरेका बेला बुधबार पर्सा प्रहरीले पर्साको छप्कैयामा बस्दै आएकी ३८ वर्षीया अन्जुदेवी कर्ण र उनकी छोरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका आमाछोरीले लामो समयदेखि गाँजाका पोकाहरु शरीरका संवेदनशील भागमा राखी भारत तस्करी गर्ने गरेको प्रहरीले जनाएको छ । शरीरका विभिन्न भागमा लुकाएर भारत निकासी गर्न लागेकै बेला बुधबार प्रहरीले ६ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।