सँगै बसेर मदिरा सेवन गर्दै गरेकाहरुबीच विवाद उत्पन्न भएपछि स्थानीय गंगाप्रसाद विकको हत्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
काठमाडौं । पर्वतमा सँगै बसेर मदिरा सेवन गर्दै गरेका साथीको हत्या भएको छ । पर्वतको मोदी गाउँपालिका– ८ चित्रेमा मंगलबार राति सँगै बसेर मदिरा सेवन गरेका युवाबीच झगडा हुँदा एक जनाको हत्या भएको हो ।
सँगै बसेर मदिरा सेवन गर्दै गरेकाहरुबीच विवाद उत्पन्न भएपछि स्थानीय गंगाप्रसाद विकको हत्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
घटनामा संलग्न स्थानीय दलबहादुर नेपाली र रविन सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
सँगै बसेर मदिरा खाँदै गरेका बेला विवाद हुँदा विकको हत्या गरेको पक्राउ परेका नेपाली र सुनारले बयानमा बताएको प्रहरीले जनाएको छ ।