नेपालगन्जमा भेटियो हतियार कारखाना

प्रदेश ५ को प्रहरीको विशेष ब्युरोको टोलीले शुक्रबार बिहान कारखानामा छापा मारेको हो । प्रहरीले अवैध हतियार कारखाना चलाउने नेपालगन्जकै जङ्गवीर नेपालीलाई पक्राउ गरेको छ ।

काठमाडौं । प्रहरीले नेपालगन्जबाट घरेलु हतियार बनाउने कारखानामा छापा मारेको छ । नेपालगन्ज वडा प्रहरी कार्यालयसँगै सञ्चालित हतियार कारखानामा प्रहरीले छापा मारेको हो ।

प्रदेश ५ को प्रहरीको विशेष ब्युरोको टोलीले शुक्रबार बिहान कारखानामा छापा मारेको हो । प्रहरीले अवैध हतियार कारखाना चलाउने नेपालगन्जकै जङ्गवीर नेपालीलाई पक्राउ गरेको छ ।

प्रहरीले कारखानाबाट ठूलो परिमाणमा बनाउँदै गरेका हतियार तथा हतियार बनाउने उपकरणसमेत बरामद गरेको छ । पक्राउ परेका नेपालीलाई प्रहरी थुनामा राखी आवश्यक अनुसन्धान अघि बढाइएको नेपालगन्ज प्रहरीले जानकारी दिएको छ ।