आइएफसीले नेपालमा १ खर्ब १० अर्ब लगानी गर्ने

‘हामीले नेपालमा ४ बर्षमा १ अर्ब डलर लगानी गर्ने योजना बनाएका छौं, लगानीका लागि हामीले कुनै कन्जुस्याईं नगर्ने तर त्यसका लागि निजी क्षेत्र तयार हुुनुपर्छ,’ उनले भने ।

काठमाडौं । विश्व बैंङ्क अन्तगतको अन्तर्राष्टिय वित्त निगम (आईएफसी) ले नेपालमा १ अर्ब अमेरिकी डलर करिव ११० अर्ब रुपैयाँ लगानीको घोषणा गरेको छ ।

शुक्रबारदेखि राजधानीमा भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै आईएफसीका उपाध्यक्ष पिटर लेन्क्स्ले सरकारी र निजी क्षेत्रका आयोजनालाई सघाउ पुग्ने गरी ४ बर्षमा १ अर्ब डलर लगानी गर्ने घोषणा गरेका हुन । आईएफसीले सदस्य मुलुकको निजी क्षेत्रलाई ऋण सहयोग गर्दै आएको छ ।

‘हामीले नेपालमा ४ बर्षमा १ अर्ब डलर लगानी गर्ने योजना बनाएका छौं, लगानीका लागि हामीले कुनै कन्जुस्याईं नगर्ने तर त्यसका लागि निजी क्षेत्र तयार हुुनुपर्छ,’ उनले भने ।

निजी क्षेत्र अब प्रतिस्पर्धात्मक रुपमा आउनुपर्छ र बजारलाई बन्द नगरी आउनुपर्ने उनले बताए । ‘निजी क्षेत्रले विदेशी लगानी र विशेषतालाई स्वागत गर्न सक्नुपर्छ,’ उनले भने ।

आईएफसीले नेपाली र कोरियन संयुक्त लगानीमा निमाण हुन लागेको २१६ मेगावाटको माथिल्लो त्रिशुली ३ १ मा ऋण र स्वपुँजी (इक्विटी) लगानी गर्ने भएको छ ।