१५ परियोजनामा लगानी सम्झौता, ४ ओटा चौधरी ग्रुपको

६२ ओटा परियोजनामा लगानी जुट्न सकेन । सम्मेलन अघि नै एक दर्जन आयोजनामा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने टुङ्गो लागेको थियो । सरकारले प्रस्ताव गरेको ठुला जलासययुक्त आयोजनामा विदेशीले लगानी गर्न चासो देखाएनन् । सम्मेलनमा चौधरी ग्रुपको ४ वटा र ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानको २ वटा परियोजना अघि बढाउने विषयमा सम्झौता भएको छ ।

काठमाडौं । लगानी सम्मेलनमा सरकार र निजी क्षेत्रबाट गरी ७७ ओटा परियोजना प्रस्ताव गरेकोमा २ ओटामा मात्र लगानी सम्झौता भएको छ ।ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले प्रस्ताव गरेको १६४ मेगावाटको कालिगण्डकी गर्ज जलविद्युत आयोजना र काभ्रेकको बनेपालमा प्रस्ताव गरिएको रिसोर्स हिमालय वुटिक रिसोर्टमा मात्र लगानी सम्झौता भएको छ ।

कालिगण्डकी गर्जमा चाइना न्यूकिलियर पावर ग्रुप र चीनको सघाइस्थित एक कम्पनीले वुटीक रिसोर्टमा लगानी सम्झौता गरेको छ । कालिगण्डकी बनाउन झण्डै ३५ अर्ब रुपैयाँ र वुटिक रिसोर्टलाई ६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरेको हो ।

सरकारले शो केशमा नपरेका जलविद्युत, टेलिकम, उद्योग, होटल र वित्तीय गरी विभिन्न १३ परियोजनामा विदेशी लगानीकर्ता र नेपाली व्यवसायिक प्रतिष्ठानबीच साझेदारीमा लगानी सम्झौता भएको हो

सरकारले ५० र निजी क्षेत्रबाट २७ ओटा परियोजना सम्मेलनमा पस्ताव गरिएको थियो । सम्मेलन अघि नै एक दर्जन आयोजनामा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने टुङ्गो लागेको थियो । सरकारले प्रस्ताव गरेको ठुला जलासययुक्त आयोजनामा विदेशीले लगानी गर्न चासो देखाएनन् । सम्मेलनमा चौधरी ग्रुपको ४ वटा र ऊर्जा उद्यमी प्रधानको २ वटा परियोजना अघि बढाउने विषयमा सम्झौता भएको छ ।

चौधरी ग्रुपले भारतको सरार्फ ग्रुपसंगको साझेदारीमा लजिस्टिक पार्क बनाउने भएका छन् । यस्तै चौधरी ग्रुपले स्काई पावर लिमिटेडसंग मिलेर ६०० मेगावाटको सोलार प्लाण्ट स्थापना गर्ने भएको छ । नेपालमा टेलिकम सेवा विस्तारका लागि चौद्यरी ग्रुप अन्र्तगतको सीजी सेल र टर्क सेलबीच एमओयु भएको छ । त्यसैगरी चाैधरी ग्रुपले प्रदेश नम्बर २ मा २ सय मेगावाटकाे उर्जा प्लान्ट बनाउ प्रदेश २ सरकारसँग पनि एमअाेयू गरेकाे छ ।

कोरियाको कोसेव पावर कम्पनीले विश्व बैंक अन्र्तगतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएसफी) संग मिलेर २६० मेगावाटको जलविद्युत आयोजना बनाउन ६० करोड १५ लाख डलर अर्थात ६५ अर्ब रुपैयाँ लगानी गर्ने विषयमा सहमति भएको छ । यस्तै ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाका लागि अपुग लगानी जुटाउन प्रवद्र्धक एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी र नविल बैकबीच सम्झौता भएका छ । नविल र नेपाल एसिबीआई बैक मिलेर अरुण तेस्रो आयोजनामा झण्डै १५ अर्ब रुपैयाँ ऋण लगानी सम्झौता भएको छ ।

सम्मेलनमा ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले ४० अर्ब रुपैयाँ लगानी विदेशबाट ल्याउन चिनियाँ कम्पनीसंग सम्झौता गरेका छन् । चाइना न्युकिलियर पावर कम्पनीले प्रस्तावित १६४ मेगावाटको कालिगण्डकी गर्ज जलविद्युत आयोजना बनाउन र ताइवान र चिनियाँ कम्पनीको साझेदारीमा काभ्रेको बनेपामा हिमालयन बुटिक रिसोर्ट निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रिसोर्ट बनाउन ६ अर्ब रुपैयाँ लगानी हुने छ ।

लगानी बोर्ड नेपाल इएफसीबीच बाराको सिमरामा विशेष आर्थिक क्षेत्रमा बी र सी ब्लक बनाउने विषयमा एमओयू भएको छ । गैरआवासिय नेपालीले १० अर्ब रुपैयाँको फण्ड स्थापना गर्ने भएका छन् । यसैगरी भारतको मुतुथ फाइनान्सले युनाइटेड फाइनान्सको स्वामित्व खरिद गरेको छ । स्वामित्व खरिदका लागि उसले ३९ करोड नेपाल लगानी गर्ने भएको छ । गुरु न्यौपाने कर्नेल ग्रुपसंग ९८ मेगावाट जलविद्युत आयोजना बनाउन विषयम एमओयू भएको छ ।