अपहरणको नाटक : परिवारबाटै २३ लाख फिरौती माग

धामी अपहरणको नाटक गर्दै गत शुक्रबाट अपहरणमा परेको भन्दै परिवारबाट सम्पर्कविहीन भएका थिए । धामीले अपहरणमा परेको नाटक गरी परिवारसँग २३ लाख रकम फिरौती माग गरेका थिए ।

काठमाडौं । अपहरणमा परेको नाटक गर्दै परिवारसँग फिरौती माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले दार्चुला नौलागाडका २६ वर्षीय अजयसिङ धामीलाई पक्राउ गरेको हो ।

धामी अपहरणको नाटक गर्दै गत शुक्रबाट अपहरणमा परेको भन्दै परिवारबाट सम्पर्कविहीन भएका थिए । धामीले अपहरणमा परेको नाटक गरी परिवारसँग २३ लाख रकम फिरौती माग गरेका थिए ।

अपहरित खोजी दिन भन्दै आफन्तले अपराध महाशाखामा सम्पर्क गरेका थिए । महाशाखाको टोलीले धामीलाई शनिबार चाबहिलबाट उद्धार गरेको थियो ।

अपहरणमा परेको भन्दै परिवारबाटै फिरौती माग्ने धामीलाई महाशाखाले केरकार गर्दा परिवारबाट रकम लिन अपहरणको नाटक गरेको खुलेको महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

‘अपहरणमा परेको खबर आयो,’ एसएसपी सिंहले क्यापिटल नेपालसँग भने, ‘खोजी गर्दै जाँदा परिवार ठग्न आफै नाटक रचेका रहेछन् ।’ अपहरणको नाटक गर्ने धामी अहिले महाशाखाको नियन्त्रणमा छन् ।