बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ

घरायसी विवादमा राईले बुहारी ३० वर्षीया चन्दा राईलाई शनिबार दिउँसो खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । ससुराको खुकुरी प्रहारबाट बुहारी चन्दा गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ ।

काठमाडौं । उदयपुरमा आफ्नै बुहारीलाई खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सितुमान राई छन् ।

घरायसी विवादमा राईले बुहारी ३० वर्षीया चन्दा राईलाई शनिबार दिउँसो खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । ससुराको खुकुरी प्रहारबाट बुहारी चन्दा गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ ।

गम्भीर घाइते चन्दालाई उपचारका लागि धरान घोपा अस्पताल लगिएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने राईलाई भने पक्राउ गरी आवश्यक कारबाही थालिएको प्रहरीले जनाएको छ ।