दिल्ली हुँदै खाडी मुलुकमा लैजानका लागि मानव तस्कर समूहले नेपाली महिलालाई विभिन्न नाका हुँदै त्यहाँ पुर्याएका थिए । दिल्लीस्थित कुतुब मिनार र याम बिहारबाट उनीहरुलाई उद्धार गरिएको दूतावासले जानकारी दिएको छ ।
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीबाट मानव तस्करले बन्धक बनाएर राखेका १२ नेपाली महिलाको उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासले भारतीय प्रहरी र दिल्ली महिला आयोगको सहयोगमा ती महिलाको शनिबार उद्धार गरेको हो ।
दिल्ली हुँदै खाडी मुलुकमा लैजानका लागि मानव तस्कर समूहले नेपाली महिलालाई विभिन्न नाका हुँदै त्यहाँ पुर्याएका थिए । दिल्लीस्थित कुतुब मिनार र याम बिहारबाट उनीहरुलाई उद्धार गरिएको दूतावासले जानकारी दिएको छ ।
उद्धार गरिएका महिलालाई मानव तस्करी समुहले कुवेत, साउदी, इराकलगायत देशमा पठाउने तयारी थियो । उद्धार गरएका महिलामध्ये धादिङबाट ३, झापाबाट २, दाङबाट २, मकवानपुरबाट २, रसुवाबाट १ जना र धनगढीबाट १ जना थिए । आवश्यक प्रक्रिया पूरा गरी उनीहरुलाई नेपाल पठाउने दूतावासले जनाएको छ ।
एक महिनाअघि मात्र दूतावासले भारतीय प्रहरीको सहयोगमा तस्करीको जालमा परेका १ सय ७९ नेपालीको उद्धार गरेको थियो ।
याे पनि पढ्नुहाेस्