बारा पर्सा हावाहुरी अपडेट : उद्धारमा जुट्यो सरकार, प्रधानमन्त्री आफै जाँदै

त्यसैगरी घटनाको थप उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ भने बिहानै औषधी तथा राहत बोकेको नेपाल प्रहरीको टोली प्रकोप क्षेत्रमा पुगेको छ ।

काठमाडौं । आइतबार साँझ बारा र पर्सामा भएको क्षतिमा पीडितहरुको थप उद्धार र राहतका लागि सरकार तीव्ररुपमा जुटेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना राजनीतिक कार्यक्रम स्थगन गरी सो क्षेत्रमा जाने तयारी गरेका छन् ।

त्यसैगरी घटनाको थप उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ भने बिहानै औषधी तथा राहत बोकेको नेपाल प्रहरीको टोली प्रकोप क्षेत्रमा पुगेको छ ।

पीडितहरुको थप उद्धार तथा आवश्यक सामग्री त्यस क्षेत्रमा पुर्यानेलगायतका निर्णय गर्न केन्द्रीय दैवीप्रकोप समितिको बैठक बस्दै छ । गृहमन्त्रालयमा केही बेरमा बैठक बस्ने तयारी भइरहेको गृहमन्त्रालयले जानकारी दिएको छ ।

राज्यको सम्पूर्ण शक्ति त्यसैमा खटिएको गृहमन्त्रालयले जानकारी दिएको छ ।