आइतबार बिहान रौतहटबाट काठमाडौं आउँदै गरेको ना५ख २२३३ नम्बरको यात्रुवाहक बसमा सवार रौतहट राजदेवी नगरपालिका ७ का २३ वर्षीय रुबोदकुमार यादवका साथबाट स्रोत नखुलेको उक्त रकम बरामद भएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं । प्रहरीले काठमाडौंको नागढुङ्गाबाट अवैध २० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
आइतबार बिहान रौतहटबाट काठमाडौं आउँदै गरेको ना५ख २२३३ नम्बरको यात्रुवाहक बसमा सवार रौतहट राजदेवी नगरपालिका ७ का २३ वर्षीय रुबोदकुमार यादवका साथबाट स्रोत नखुलेको उक्त रकम बरामद भएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार यादवले २० लाख रुपैयाँ शरीरका विभिन्न भागमा लुकाएर ल्याउँदै गरेका थिए । यादवले उक्त रकमको स्रोत देखाउन नसकेपछि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
१० लाखभन्दा बढी रकम लिएर हिँड्न नपाउने भएपछि यादवले २० लाख रुपैयाँ शरीरका विभिन्न भागमा शङ्कास्पद तरिकाले लुकाएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।