प्रकोप क्षेत्रमा मन्त्रीको जम्बो टोली जाँदै, प्रधानमन्त्री झापाबाट उतै जाने

घटनास्थलको अवस्था बुझ्न र घाइतेको उद्धार तथा राहत वितरणका लागि मन्त्रीसहितको टोली त्यसतर्फ प्रस्थान गर्न लागेको गृहमन्त्रालयले जनाएको छ ।

काठमाडौं । आइतबार साँझ बारा र पर्सामा हाबाहुरीबाट भएको क्षति र घटनास्थलको अवलोकन गर्न गृहमन्त्री, स्वास्थ्यमन्त्री, सहरी विकासमन्त्री र भौतिक तथा पूर्वाधार विकास मन्त्रीसहितको टोली प्रकोप क्षेत्र प्रस्थान गरेको छ ।

घटनास्थलको अवस्था बुझ्न र घाइतेको उद्धार तथा राहत वितरणका लागि मन्त्रीसहितको टोली त्यसतर्फ प्रस्थान गर्न लागेको गृहमन्त्रालयले जनाएको छ ।

त्यसैगरी झापामा रहेका प्रधानमन्त्री केपी ओली त्यतैबाट प्रकोप क्षेत्र जाने गृहले जानकारी दिएको छ ।

गृहका अनुसार यताबाट खटिएको मन्त्रीको टोलीले झापा पुगेर प्रधानमन्त्रीलाई लिएर प्रकोप क्षेत्र पुग्ने छ ।