बारा/पर्सा हावाहुरी घटना : ६ घाइतेलाई काठमाडौं ल्याइयो

नेपाली सेनाको स्काईट्रक विमानमार्फत केही समयअघि ६ घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको नेपाली सेनाले जानकारी दिएको छ ।

काठमाडौं । आइतबार साँझ बारा र पर्सामा हाबाहुरीबाट गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौं ल्यायाइएको छ ।

नेपाली सेनाको स्काईट्रक विमानमार्फत केही समयअघि ६ घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको नेपाली सेनाले जानकारी दिएको छ ।

तत्कालका लागि आवश्यक राहत तथा औषधी लिएर बिहान बारा पुगेको स्काई ट्रकले घाइते बोकेर काठमाडौं ल्याएको हो ।