लोड गरेर राखेका ट्रकलाई समेत हावाले पल्टाएको छ । अन्य क्षेत्रको तुलनामा बाराको चैनपुरमा हावाहुरीले ठूलो क्षति पु¥याएको छ । चैनपुरमा सिमेन्ट, खाद्यान्न, तेल, दाल उद्योग थिए । ती सबै उद्योगलाई उडाएर लगेको छ ।
वीरगन्ज । गए रातिको विनाशकारी हावाहुरीबाट बारा र पर्सामा दर्जनौं उद्योग क्षतविक्षत भएका छन् भने अर्बौं रुपैयाँ क्षति भएको छ ।
बाराको चैनपुरमा रहेका ३० भन्दा बढी उद्योग विनाशकारी हावाहुरीले उडाएर लगेको छ । त्यहाँ दुई अर्बभन्दा बढी लगानी गरेर उद्योग खोलिएका थिए ।
लोड गरेर राखेका ट्रकलाई समेत हावाले पल्टाएको छ । अन्य क्षेत्रको तुलनामा बाराको चैनपुरमा हावाहुरीले ठूलो क्षति पु¥याएको छ । चैनपुरमा सिमेन्ट, खाद्यान्न, तेल, दाल उद्योग थिए । ती सबै उद्योगलाई उडाएर लगेको छ ।
उद्योगले उत्पादन गरेका करोडौं रुपैयाँबराबरका मालसामानसमेत उडाएको उद्योग वाणिज्य सङ्घ वीरगन्जका उपाध्यक्ष अनिल अग्रवालले जानकारी दिए ।
औद्योगिक करिडोरमा आइतबार बेलुकादेखि विद्युत् आपूर्ति बन्द छ । बिजुलीका पोलहरु हावाले उडाएर कता लग्यो, अत्तोपत्तो नभएको उनको भनाइ छ ।
उद्योग वाणिज्य सङ्घ वीरगन्जका अध्यक्ष ओमप्रकाश शर्माले बारा र पर्सामा ४ हजार उद्योगधन्दा बन्द छन् । ६६ केभीए लाइन चुँडिएका, बिजुलीका पोल हावाले उडाएकाले सम्पूर्ण उद्योग बन्द छन् ।
३० जनाभन्दा बढी मानिसले ज्यान गुमाइसकेको र ठूलो सङ्ख्यामा मानिसहरु हतातह भएकाले उद्योगीहरु पनि आफ्नो उद्योग अवस्था बुझ्नभन्दा पनि घाइतेको उपचार र राहतमा जुटेको अध्यक्ष शर्माले बताए ।
‘उद्योगमा कति क्षति भएको छ भन्ने अनुमान लगाउनै सकिन्न,’ उनले क्यापिटलसँग भने, ‘अहिले हाम्रो पहिलो प्रथामिकता भनेको उद्धार र राहत उपलब्ध गराउनु हो, त्यसैमा लागेका छौं ।’ यो सकिएपछि उद्योगमा भएको क्षतिको आकलन गर्ने उनको भनाइ छ ।