बारा–पर्साका पीडितलाई महासङ्घकाे सहयाेग

विनाशकारी हावाहुरीबाट बारा र पर्सामा ठूलाे धनजनको क्षति भाेगेका पीडितलाई न्यूनतम आवश्यक पर्ने सामान किनेर लैजाने निर्णय गरेकाे हाे ।

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घले हावाहुरी पीडितकाे सहयाेगार्थ ५० लाख रूपैयाँबराबरकाे सामग्री वितरण गर्ने भएकाे छ । विनाशकारी हावाहुरीबाट बारा र पर्सामा ठूलाे धनजनको क्षति भाेगेका पीडितलाई न्यूनतम आवश्यक पर्ने सामान किनेर लैजाने निर्णय गरेकाे हाे ।

व्यवसायीले जे जे दिन्छन्, ती सबै वस्तु लिने । कसैले नगद पैसा दिए महासङ्घले सामान किनेर लैजाने र सामान दिए सामान नै लैजाने महासङ्घका अध्यक्ष भवानी राणाले बताइन् । पहिलाे चरणमा ५० लाख रूपैयाँबरारबकाे सामान लैजाने महासङ्घले निर्णय गरेकाे हाे ।

देश विपत्तिमा परेकाा बेला पीडितलाई सहयोग गर्नु महासङ्घकाे दायित्व भएकाे र साेही अनुरूप अघि बढेकाे अध्यक्ष राणाले बताइन् ।