घुस लिएको आरोपमा पक्राउ

आन्तरिक राजस्व कार्यालयको सङ्कलन शाखामा कार्यरत नायब सुब्बा सविन सुवेदीले राजस्व समायोजन गरिदिने प्रलोभनमा सेवाग्राहीसँग १५ हजार रूपैयाँ घुस रकम लिए लगत्तै अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजस्व कार्यालय भक्तपुरबाट घुससहित नायब सुब्बालाई पक्राउ गरेको छ ।

आन्तरिक राजस्व कार्यालयको सङ्कलन शाखामा कार्यरत नायब सुब्बा सविन सुवेदीले राजस्व समायोजन गरिदिने प्रलोभनमा सेवाग्राहीसँग १५ हजार रूपैयाँ घुस रकम लिए लगत्तै अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलीले सुवेदीलाई आफ्नै कार्यकक्षमा रकम लिँदै गर्दा नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ । रासस