स्कुटी लडाइदिने चालक कारबाहीमा

महानगरीय ट्राफिक महाशाखाको टोलीले गाडीचालक घिमिरेलाई शुक्रवार चिट काटेको हो । चालक घिमिरेलाई प्रहरीले ५ सय रुपैयाँ जरिवाना दस्तुर भराएको छ ।

काठमाडाैं । बानेश्वर चोकमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलका गाडीचालकलाई प्रहरीले कारबाही गरेको छ । महानगरीय ट्राफिक महाशाखाको टोलीले गाडीचालक सन्तोष घिमिरेलाई शुक्रवार चिट काटेको हो । चालक घिमिरेलाई प्रहरीले ५ सय रुपैयाँ जरिवाना दस्तुर भराएको छ ।

बा १ झ ९५२७ नम्बरको भ्यान, भीआईपीको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलकाे गाडीले सडकमा गुडिरहेको स्कुटीलाई ठक्कर दिएर भागेको थियो ।सशस्त्रको भीआईपी पछुवा गाडीले स्कुटीलाई ठक्कर दिँदा स्कुटी सडकमा पछारिएकाे थियाे । तर प्रहरीको भ्यान ती महिलाको उद्धार नगरीकन भीआईपीको सुरक्षामा नै दौडिएकाे थियाे ।

प्रहरीकाअनुसार सशस्त्र प्रहरी बलको गाडी पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको बुझिएको पुष्टि भएको थियो ।