परिषदको चैत १९ गते बसेको बैठकले परिषद्ले उच्च अदालत पाटन र सुर्खेतका मुख्य न्यायाधीश प्रकाश ढुङगाना र सुष्मालता माथेमासहित ५ जनाकाे नियुक्ति सिफारिस गरेकाे हाे ।
काठमाडौं। प्रधानन्यायाधीश चाेलेन्द्र शम्सेर राणाकाे अध्यक्षतामा मंगलबार बसेकाे न्याय परिषदको बैठकले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा पाँच जनालाई नियुक्तिका लागि सिफारिस गरेको छ।
परिषदको चैत १९ गते बसेको बैठकले परिषद्ले उच्च अदालत पाटन र सुर्खेतका मुख्य न्यायाधीश प्रकाश ढुङगाना र सुष्मालता माथेमासहित ५ जनाकाे नियुक्ति सिफारिस गरेकाे हाे ।
न्यायाधीश सिफारिस हुने अन्य तीनजनामा वरिष्ठ अधिवक्ता कुमार रेग्मी, पूर्व महान्यायाधिवक्ता तथा अधिवक्ता हरिप्रसाद फुयाँल र अधिवक्ता डा. मनाेजकुमार शर्मा छन्।