मातृभूमि कपको १५ प्रतिशत रकम आँधी प्रभावितलाई

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ फाउन्डेसनले चैत २३ गते नेपाली राष्ट्रिय टिम ‘ए’ भर्सेज राष्ट्रिय टिम ‘बि’को मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ ।

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले मातृभूमि कपको टिकटबाट प्राप्त रकमको १५ प्रतिशत आँधी प्रभावितलाई दिने घोषणा गरेको छ ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ फाउन्डेसनले चैत २३ गते नेपाली राष्ट्रिय टिम ‘ए’ भर्सेज राष्ट्रिय टिम ‘बि’को मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ ।

सो मातृभूमि कपको टिकटबाट प्राप्त रकमको १५ प्रतिशत रकम बारा र पर्साका आँधी प्रभावितलाई दिने फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए ।

फाउन्डेसनले सोमबार नै घटनास्थलमा पुगेर राहत वितरण गर्नुका साथै उद्धारसमेत गरेको छ ।