खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका प्रमुखमाथि भ्रष्टाचार मुद्दा दायर, ३५ हजार बिगो मागदाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीवास्तवमाथि मङ्गलबार विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

काठमाडौं । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगन्जका प्रमुख विनोदकुमार श्रीवास्तवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीवास्तवमाथि मङ्गलबार विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । श्रीवास्तवले नेपालगन्ज भन्सारबाट आयात हुने चामललगायत खाद्यान्नमा राजस्व नलिने सर्तमा घुस खाएको भेटिएपछि आयोगले अनुसन्धान थालेको थियो ।

श्रीवास्तवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम ३५ हजार बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए ।