राष्ट्रिय विकास परिषद्को बैठक सुरु, २५ वर्षे दीर्घकालीन सोचबारे छलफल हुँदै

बैठकमा चौधौं योजना दुई वर्षको समीक्षा र पन्ध्रौं योजनाको आधारपत्रको मस्यौदामाथि छलफल हुनेछ । देशको दीर्घकालीन विकास सोच र समष्टिगत विकासका लागि २५ वर्षे दीर्घकालीन विकास योजना अघि बढाइएको छ ।

 

काठमाडौ । राष्ट्रिय विकास परिषद्को बैठक सुरु भएको । दुई दिनसम्म चल्ने बैठकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

बैठकमा चौधौं योजना दुई वर्षको समीक्षा र पन्ध्रौं योजनाको आधारपत्रको मस्यौदामाथि छलफल हुनेछ । देशको दीर्घकालीन विकास सोच र समष्टिगत विकासका लागि २५ वर्षे दीर्घकालीन विकास योजना अघि बढाइएको छ ।

बैठकमा पन्ध्रौं योजनाको आधारपत्रको मस्यौदाउपर विभिन्न सत्रमा सैद्धान्तिक छलफल हुनेछ । समष्टिगत आर्थिक, सामाजिक, पूर्वाधार, कृषि, वन तथा प्राकृतिक स्रोत क्षेत्र, लोकतन्त्र र शुसासन र अन्तरसम्वन्धित क्षेत्रका ६ ओटा फरक फरक सत्रमा छलफल हुनेछ ।

दोस्रो दिन, क्षेत्रगत छलफलबाट प्राप्त राय सुझाव प्रस्तुतीकरण गर्ने कार्यक्रम छ ।