साउथ एसियाको पायोनियर निर्माण कन्सल्टेन्सी माइनहार्टको नेपाल प्रवेश, अध्यक्ष नासिम भन्छन्— नेपाल परिवर्तनका लागि प्रतिबद्ध छ

नेपालमा माइनहार्टको नेतृत्व सिद्धार्थ थापाले गरेका छन् । उनी माइनहार्टको कन्ट्री डाइरेक्टर हुन् । सिद्धार्थ पूर्वमन्त्री तथा राप्रपाका नेता सुनिलबहादुर थापाका छोरा हुन् । सिद्धार्थले विश्वप्रसिद्ध ब्रान्डिइज युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।

काठमाडौं । विश्वका १८ देशका ४७ सहरमा कार्यालय रहेको प्रख्यात निर्माण कम्पनी माइनहार्ट नेपालमा प्रवेश गरेको छ । सिङ्गापुरमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय निर्माण परामर्शदाताले नेपालमा लगानी सम्मेलनको अवसरमा आफ्नो उपस्थिति जनाएको हो ।

माइनहार्टले सिभिल र पूर्वाधार, शहरी विकास योजना, संरचनागत इन्जिनियरिङ, मेकानिकल इलेक्ट्रिकल र प्लम्बिङ एमईपी इन्जिनियरिङ, परियोजना व्यवस्थापन, पानी र वातावरणीय इन्जिनियरिङलगायतमा परामर्श सेवा दिने काम गर्दै आइरहेको छ ।

आम्दानीका हिसाबले विश्वको ठूलो इन्जिनियरिङ कन्सल्टिङ फर्मका रुपमा स्थापित यस कम्पनीका विभिन्न देशमा गरी ४ हजार ५०० भन्दा धेरै परामर्शदाता छन् ।

माइनहार्ट ग्रुपले नेपाल, अफ्रिका, अस्ट्रेलिया, कम्बोडिया, चीन, युरोप, भारत, इन्डोनेसिया, काजिकस्तान, मलेसिया, मध्यपूर्व, म्यान्मार, पाकिस्तान, फिलिपिन्स, सिङ्गापुर, श्रीलङ्का, थाइल्यान्ड र भियतनाममा कार्यालय स्थापना गरेको छ ।

नेपालमा माइनहार्टको नेतृत्व सिद्धार्थ थापाले गरेका छन् । उनी माइनहार्टको कन्ट्री डाइरेक्टर हुन् । सिद्धार्थ पूर्वमन्त्री तथा राप्रपाका नेता सुनिलबहादुर थापाका छोरा हुन् । सिद्धार्थले विश्वप्रसिद्ध ब्रान्डिइज युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर अध्ययन गरेका छन् ।

नेपालमा भएको लगानी सम्मेलनमा माइनहार्टका गु्रप अध्यक्ष शाहजाद नासिम, गु्रप प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओमार शाहजादलगायत नेपाल आएका थिए । उनीहरु नेपाल आएको अवसरमा माइनहार्टले हयात रिजेन्सी होटलमा कार्यक्रम गरि नेपाल कार्यालय स्थापना भएको जानकारी दिइएको थियो ।

माइनहार्टले विभिन्न मुलुकमा आवासीय तथा कार्यालय भवन, हस्पिटालिटी, स्पोर्ट फेसिलिटी, सार्वजनिक तथा सरकारी भवन, शिक्षा, रक्षा, हेल्थकेयर, औद्योगिक तथा निर्माण क्षेत्रमा इन्धन तथा ग्यास, औषधि र पूर्वाधारका क्षेत्रमा वातावरणीय इन्जिनियरिङ, शक्ति तथा ऊर्जा, जल, सहरी विकास क्षेत्रमा व्यापार प्रविधि पार्क, गुरुयोजना तथा पूर्वाधार, यातायातको क्षेत्रमा उड्डयन, पुल तथा राजमार्ग, मेट्रो र रेल्वे, बन्दरगाह र मेरिन निर्माणका क्षेत्रमा काम गर्दै आएको छ ।

माइनहार्टका कन्ट्री डाइरेक्टर थापाले नेपालमा स्थिर सरकार निर्माण भएसँगै विकास र समृद्धिमा बहस भइरहेकाले माइनहार्टले आफ्नो उपस्थिति जनाएको बताए । ‘अहिले नेपालमा विभिन्न ऐन र कानुन बनिरहेका छन्, विदेशी लगानीकर्तालाई आकर्षण गराउने काम पनि भइरहेका छन्, ठूला आयोजनाहरु निर्माणका लागि अघि बढेका छन्, यस्तो समयमा अन्तर्राष्ट्रिय अनुभव भएको माइनहार्ट सारथि बन्न सक्छ,’ उनले भने ।

यस्ता छन् माइनहार्टका परियोजना

भारतको विजयवाडा विमानस्थल, दुबईको अलाद्दिन सहर, मुम्बईको ३६० वेस्ट, सिङ्गापुरको कोनकर्ड ३६८ कन्डोमिनियम, सिङ्गापुरको न्युटन जेम्स, सिङ्गापरकै कमनवेल्थ टावर तथा वाटरटाउन पुग्गोल, मेलबर्नको वाटरफ्रन्ट सिटी, सङ्घाईको सङ्घाई पेनिन्सुला होटल, बैङ्ककको सेन्ट रेजिस होटल एन्ड रेजिडेन्स, फिलिपिन्सको मनिला बे रिजोर्ट, इन्डोनेसियाको ग्रान्ड हायात एन्ड प्लाजा, भियतनामको द ग्रान्ड हो ट्राम स्ट्रिप, सिङ्गापुरको डब्ल्यू होटल, चीनको आईएफसी प्रोजेक्ट वू ची तथा इन्डोनेसियाको थाम्रिन नाइन सञ्चालन गरिरहेको छ ।

यस्तै इन्डोनेसियाको इएक्स टावर, मलेसियाको पेट्रोनास टावर थ्री, थाइल्याण्डको द रिभर, सिङ्गापुरको बायोपोलिस, फियूजानोपोलिस तथा सेन्टोसा टापु, पाकिस्तानको ओयल पियर दोस्रो, भियतनामको एसपी पीएसए इन्टरनेसनल पोर्ट प्रोजेक्ट, मलेसियाको क्वालालम्पुर सेन्ट्रल स्टेसन, चीनको सेन्झेन मेट्रो लाइन, पाकिस्तानको सेपकुल पावर प्रोजेक्ट, थाइल्यान्डको पीएनजी रेनाएसा, चीनको जीई मेडिकल सप्लाइस प्रोडक्सन प्लान्ट, मलेसियाको तानजोङ अगास आयल एन्ड ग्यास एन्ड मारिटाइम इन्डस्ट्रियल पार्क तथा सिङ्गापुरको एससीटी माइक्रोइलेक्ट्रोनिक्स छन् ।

साङघाई चीनको युनिलिभर डिटरजेन्ट मेन्युफ्याक्चरिङ कम्प्लेक्स, भारत पुनेको बारक्लेस टेक्नोलजी सेन्टर, सिङ्गापुरको गाड्रेर्स बाइ द बे, सिङ्गापुरकै नेसनल लाइब्रेरी बोर्ड, अष्ट्रेलिया मेलबर्नको भिक्टोरियन काउन्टी कोर्ट, सिङ्गापुरको भिक्टोरिया थिएटर एन्ड कन्सर्ट हल, सिङ्गापुरको लि कङ चेन स्कुल अफ मेडिसिन, आबु धाबी यूएईको क्लिभल्यान्ड क्लिनिक, जेद्दाह साउदी अरबको एएल फैसल युनिभर्सिटी क्याम्पस, इलफर्ड यूकेको किङ सोलोमोन हाई स्कुल, जल्लाक बहराइनको युनिभर्सिटी अफ बहराइनः कलेज अफ इन्जिनियरिङ, सिङ्गापुरको सिङ्गापुर पोलिटेक्निक स्कुल अफ केमिकल एन्ड लाइफ साइसेन्स छन् ।

सिङ्गापुरको स्कुल अफ ल, एसएमयू, कारबाला इराकको कारबाला ओलम्पिक स्टेडियम कम्प्लेक्स, सिङ्गापुरको स्पोर्टस हब, कुवेतको कुवेत ओलम्पिक भिलेज, कुवेतको जाबेर अल एहेमद सिटी, सिङ्गापुरको मरिना स्क्वायर, जाकार्ता इन्डोनेसियाको अन्तर्राष्ट्रिय वित्तीय केन्द्र टावर, सिङ्गापुरको मेलिनिया टावर, हङकङको हाइसन प्यालेस, दोहा कतारको एस्पायर पार्क मल, सिटी सेन्टर हराज, अस्ट्रेलियाको ५६८ कुलिन्स स्ट्रिट, सिङ्गापुरको डिप टनेल स्वेरेज सिस्टम, सिङ्गापुरको प्यान पेसिफक होटल, दोहा कतारको लुसाएल कमर्सियल वाटरफ्रन्ट डेभलभमेन्ट, अस्ट्रेलियाको लाट्रोब युनिभर्सिटी गुरुयोजना, साउदी अरबको जाजान इकोनोमिक सिटी पनि माइनहार्टले तयार गरेको हो ।

यसैगरी हङकङको एचएसबीसी एसिया रिजनल डाटा सेन्टर, हङकङ साइन्स पार्क, भारत नोयडाको यमुना एक्सप्रेस वे, सिङ्गापुरको हेलिक्स ब्रिज, साइप्रसको पाफोस अन्तर्राष्ट्रिय विमानस्थल, अस्ट्रेलियाको भिक्टोरियन एयर विङ एन्ड एयर एम्बुलेन्स फेसिलिटी इसेन्डन एयरपोर्ट, भारतका दिल्ली र मुम्बई विमानस्थलको पुनर्संरचना र आधुनिकीकरण, कुवेतको कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको भीभीआईपी टर्मिनल, टर्कीको इज्मिर ओभा सेन्टर, पाकिस्तानको रावी रिभर, ओमनको मस्कट अन्तर्राष्ट्रिय विमानस्थल, साउदी अरबको किङ अब्दूल्लाह फाइनेन्सियल टावर, कुवेतको अल हामरा टावर, कतारको टोर्नाडो टावर, यूएई दुबईको दुबई फेस्टिभल सिटी, द दुबई मरिना मल, द दुबई मल, सेनेगलको डकार इन्टरनेसनल कंग्रेस सेन्टर, केन्याको नैरोबी टावर, यूकेको ग्रिनविच पेन्निसुला, १४५ सिटी रोड, इराकको बग्दाद एरिना, भारतको डीएलएफ होराइजन, अस्ट्रेलियाको एबोड ३१८, पाकिस्तानको पीआईए कार्गो कम्प्लेक्स लाहौर इन्टरनेसनल एयरपोर्ट न्यु टर्मिनल, थाइल्यान्डको सुवर्णभूमि एयरपोर्ट माइनहार्टले बनाएका प्रोजेक्ट हुन् ।

नासिमले भने, ‘सिङ्गापुरमा सगरमाथा छैन, तर पनि १ करोड ७० लाख पर्यटक आउँछन्’

नासिम भन्छन्—
बितेको १२ वर्षमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा बोलेर नेपालको प्रोफाइललाई सक्रिय रुपमा दर्शाइरहेका छन् । यसले नेपाल आफ्नो वास्तविक आर्थिक सुधारका लागि प्रतिबद्ध र व्यापारका लागि खुला छ भनेर विश्वलाई सन्देश दिएको छ । नेपाल बितेका दुई दशकमा धेरै चुनौतीहरुबाट गुज्रिएको छ । पछिल्लो पटक विनाशकारी भूकम्पबाट नेपाल गुज्रिएको थियो, जसले देशको आर्थिक विकासमा ठूलो धक्का पुर्याएको थियो ।

म आज सिङ्गापुरको र माइनहाडर्ट कम्पनीका बारेमा केही कुरा यहाँ साझा गर्न चाहन्छु, जुन नेपालको विकासका लागि उपयोगी हुनसक्छ । सम्पूर्ण विकास रणनीतिहरु त आज सान्दर्भिक छैनन् तर केही मौलिक सिद्धान्तहरु जसले सिङ्गापुरको स्वतन्त्रताको पहिलो दुई दशकमा उसलाई विकास गर्न मद्दत गर्यो त्यो नेपालका लागि उपयोगी हुने मेरो विश्वास छ ।

७० देखि ९० को दशकसम्म इन्जिनियरिङका रुपमा सिङ्गापुर तीव्र विकासमा सहभागी हुने मौका मैले पाएको थिएँ । यसकारण म तपाईंहरुसँग सिङ्गापुरका केही इन्जिजिनियरिङ र नीतिगत योजना साझा गर्नसक्छु जसले सिङ्गापुरको आर्थिक विकासका लागि संवेदनशील पूर्वाधार विकास गर्न मद्दत गरेको थियो ।

आज हामीले देखिरहेको पहिलो विश्वको मुलुक सिङ्गापुर यस्तै ५० वर्षअघिसम्म विश्वको तेस्रो मुलुकका रुपमा थियो । आजको सिङ्गापुरको आश्चर्यजनक आर्थिक विकासको मूल कारण भनेको राजनीतिक नेतृत्व, असल सरकारले सञ्चालन गरेको देश विकासको भिजन, सार्वजनिक नीति, फ्यूचर प्रुभ्ड योजना र त्रूटि बिनाको कार्यान्वयन हो ।

७२१ वर्ग किमि क्षेत्रफलमा रहेको सिङ्गापुर सानो मुलुकमध्येमा पर्छ । सिङ्गापुरसँग कुनै प्राकृतिक संसाधन नभएको कुरा सबैलाई थाहा छ । पानीसम्म पनि त्यहाँ आफ्नै छैन र आज पनि केही मलेसियाबाट निर्यात गरिएको छ । सिङ्गापुरले आफ्नो भूगोलको फाइदा उठायो र पूर्वी र पश्चिमाबीच व्यापार र ट्रान्सशिपमेन्ट हबका रुपमा काम गर्न सुरु गर्यो । यसका लागि उसले फस्टक्लास बन्दरगाह र विमानस्थलहरु निर्माण गर्यो । यसले दुई ओटा समर्पित सरकारी संस्था स्थापना गरी औद्योगिक क्षेत्रमा केन्द्रित रह्यो । यसका लागि उसले दुई ओटा संस्था स्थापना गर्यो– पहिलो जुरङटङ कर्पोरेसन जसले देशको औद्योगिक भूमि विकासलाई निरिक्षण गर्दथ्यो र अर्को आर्थिक विकास बोर्ड जसको काम सक्रियरुपमा वैदेशिक लगानीलाई आकर्षण गर्नु थियो ।

शिक्षा, रोजगार सृजना, सार्वजनिक आवास आदि देशका अन्य लक्षित क्षेत्र थिए । आवास विकास बोर्ड ६० को दशकमा स्थापना गरियो जसको उद्देश्य सुकुम्बासी समस्या समाधान गर्न जनतालाई अनुदानमा आवास उपलब्ध गराउनु थियो । सिङ्गापुरले चाहेको औद्योगिक स्थापनाका लागि आफ्नो कार्यशक्ति तयार र उपलब्धता सुनिश्चित गर्न देशको आर्थिक विकास बोर्ड, शैक्षिक र प्रशिक्षण केन्द्रहरुले समन्वय गरे ।

विदेशी लगानी आकर्षण गर्नका निम्ति सिङ्गापुरले विश्वकै फस्ट क्लास पूर्वाधार र सहरी सुविधा दिन्छ भन्ने सुनिश्चित गर्नका लागि उसले दीर्घकालीन सहरी पूर्वाधार योजना र कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्यो । यो मास्टरप्लानलाई प्रत्येक पाँच वर्षमा समीक्षा गर्ने र दोहोर्याउने गरियो र भाग्यवश सिङ्गापुरका सम्पूर्ण सरकारी संस्थाहरुले त्यस योजनालाई सफल बनाउनका लागि राम्रो सहकार्य र समन्वय गरे । आज सिङ्गापर निर्माण, वित्तीय, सेवा, बायोमेडिकल अनुसन्धान र पर्यटन हबका रुपमा समृद्ध बन्दैछ, प्राकृतिक संसाधनको अभावका बावजुद ।

त्यहाँका सम्पूर्ण पर्यटनका आकर्षण क्षेत्र कृत्रिम छन् । सिङ्गापुरसँग सगरमाथा छैन, तर पनि गत वर्ष सिङ्गापुरले एक करोड ७० लाख पर्यटक भित्र्याउन सफल भयो ।

मैले भन्न खोजेको कुरा परिस्थितिमा ढाल्नका लागि मैले मेरो र माइनहार्ट ग्रुपबारे बताउनु आवश्यक छ । माइनहार्ट ग्रुप एउटा अन्तर्राष्ट्रिय इन्जिनियरिङ कम्पनी हो, जसले ठूला पूर्वाधार र निर्माण परियोजनाको योजना, डिजाइन र परियोजना व्यवस्थापनमा काम गर्छ । यो अस्ट्रेलियामा १९५५ मा स्थापना भएको हो । यसको सिङ्गापुर शाखामा ७० को दशकमा मेरो ग्य्राजुएसनपछि इन्जिनियरका रुपमा म जोडिएको हुँ । हामी पनि पायोनियर सिङ्गापुरकै उत्पादन हौं । यसले सिंगापुरका केही प्रमुख पूर्वाधार परियोजना र अत्यन्तै आइकोनिक बिल्डिङहरुको निर्माण गरेको छ । मलाई यो कम्पनीमाथि एकदमै विश्वास थियो, यसैले मैले २०१० मा माइनहाडर्ट कम्पनीलाई खरिद गरी सिङ्गापुरमा मुख्यालय स्थापना सारे ।

एउटा इन्जिनियरबाहेक मैले सिङ्गापुरको नीति योजना, विकास, विकास मन्त्रालयसँग नजिकबाट काम गर्ने र सिङ्गापुरको संरचना र भवन सम्पत्ति निर्माणमा संलग्न हुन विशेषाधिकार पाएँ । म र मेरा केही सहकर्मीले गत वर्ष पहिलो पटक नेपाल यात्रा गर्ने मौका पायौं । त्यहाँ हामीले निर्णायक तहमा बस्नेहरुलाई भेट्ने मौका पायौं । र नेपाल परिवर्तनका लागि दृढ छ भन्ने सङ्केत पायौं । नेपालमा सहरी र पूर्वाधार विकासको ठूलो आवश्यकतालाई हामीले महसुस गर्यौं । हामीले भर्खरै काठमाडौंमा कार्यालय स्थापना गरेका छौं । र त्यसबाट नेपालको विकासमा सक्रिय सहभागिता जनाउँदै छौं ।

देश विकासका सम्बन्धमा प्रधानमन्त्री ओलीको सिम्पल तर स्पष्ट भिजन छ— समृद्ध नेपाल, सुखी नेपाली । भाग्यवश देशको लगानी वातावरणमा पनि सुधार आएको छ, केही ऐन विशेषगरी भूमि उद्योग ऐन, सेज ऐन, वैदेशिक लगानी तथा प्रविधि प्रसार ऐन र राष्ट्रिय वौदिक सम्पत्ति ऐन आएका छन् । यी सम्पूर्ण कदमहरु सही दिशातिर छन् । दक्षिण एसियाका अन्य उदीयमान बजारमध्ये एउटा रहेको नेपालले आफ्नो सहरी पूर्वाधार र गुरुयोजनालाई समीक्षा गर्न आवश्यक छ ।

हाउजिङ, जसले अफिस, रिटेल व्यवसाय, शैक्षिक संस्था, होटल, हेल्थकेयर एवं औद्योगिक क्षेत्रलाई असर पार्छ । विमानस्थल, सडक, रेल, पानी, ऊर्जा, सरसफाइ जस्ता सार्वजनिक पूर्वाधारहरुमा व्यापक नवीकरणको आवश्यकता छ । यो नेपालका लागि मात्र होइन, नयाँ उदयीमान बजारका लागि यो विशेष चुनौती हो ।

विश्व बैङ्कका अनुसार विश्वको एकचौथाइ जनसङ्ख्याको बसोवास क्षेत्र रहेको दक्षिण एसिया विश्वकै सबैभन्दा तीव्र गतिमा विकास भइरहेको क्षेत्र हो । परिणामस्वरुप यहाँ धेरै ठूला अवसर र पूर्वाधारका क्षेत्र छन् । उदाहरणका लागि ऊर्जा, यातायात, युटिलिटी यी सम्पूर्ण विषय प्रमुख पूर्वाधारभित्र पर्छन् । नेपाल भाग्यवश यो तीव्र विकास क्षेत्रको हिस्सा बनेको छ । चाँडो सुधार गर्न सकेको खण्डमा राम्रो प्रदर्शन गर्न सक्ने सम्भाव्यता पनि बोकेको छ । आकर्षक लगानी वातावरण निर्माण गर्न पूर्वाधार र निरन्तर रुपमा सुरक्षित नियमन फ्रेमवर्क आवश्यक पर्छ । यो सबैलाई थाहा भएकै कुरा हो ।

यो सबैलाई थाहा भएको तर कमैले हेक्का राख्ने गरेको कुरा हो की आजको भूरातनीतिमा जुनसुकै मुलुकको राजनीतिक प्रभावको सीधा सम्बन्ध उसको आर्थिक क्षमतासँग जोडिन्छ र अन्य केही तत्व पनि रहेका हुन्छन् ।

विश्व बैङ्कको तथ्याङ्कअनुसार दक्षिण एसियाली क्षेत्रका मुलुकहरुले हालै आफ्नो जीडीपीको ३.५ प्र्रतिशत मात्र पूर्वाधारमा खर्च गर्दै छ, जब यी मुलुकले लक्षित आर्थिक विकासका लागि जीडीपीको ७.५ प्रतिशत खर्च गर्नुपर्ने आवश्यकता छ । आज औद्योगिक, निर्माण, कमर्स तथा निर्यात क्षेत्र सबै असल पूर्वाधारमाथि निर्भर छन् । दक्षिण एसियाको कमजोर पूर्वाधार र्याङ्किङले यो क्षेत्रमा यी मुलुकले थप काम गर्नुपर्छ भन्ने स्पष्ट सङ्केत दिएको छ ।

दक्षिण एसियाली मुलुकमा लगातार पूर्वाधार परियोजनाको कार्यान्वयन नहुनुको पछाडि पुँजीको कमी मुख्य कारण देखिन्छ । तर एउटा राम्रो समाचार के हो भने विश्वभर पर्याप्त पुँजी छ । यसकारण अधिकांश महत्त्वपूर्ण परियोजनालाई योजना, संरचना, अध्ययन र कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय कम्पनीसँग असल सम्बध स्थापना गरेर अघि बढ्न सकिन्छ ।

विश्व बैङ्कको अनुसार एसियाका उदीयमान बजारहरुलाई २०३० सम्म का लागि पूर्वाधार लगानीमा २६ ट्रिलियन अमेरिकी डलरको आवश्यकता छ ।